Bihukot गाउँ

बिहुँकोट
बागलुङ बजारको पश्चिमपट्टि मध्यपहाडी लोकमार्गसँगै जोडिएको छ बिहुँकोट । काठेखोला गाउँपालिका–५ पर्ने बागलुङ मा मगर, दलित र ब्राह्मण समुदायका करिब ९ सय घरधुरी छन् ।
प्राकृतिक र सांस्कृतिक हिसाबले बिहुँकोट सुन्दर छ । गाउँबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छे«े हिमाल छर्लङ्ग देखिन्छन् । गाउँबाट एक घण्टा पदयात्रामा शिवधुरी छ, जहाँ उहिल्यै परमानन्द गुरुले तपस्या गरेका थिए । तपस्थलको भग्नावशेष छँदैछ ।
त्यस्तै गाउँबाट १५ मिनेट पदयात्रामा त्रिपुरेश्वर महादेव मन्दिर छ । मन्दिरमा कालिज बाक्लै देखिन्छन् । पूजारीका हातबाटै तिनले चारो टिप्छन् । यस क्षेत्रको तल्लो कोट र उपल्लो कोट पनि आकर्षक छन् ।
ग्रामीण जीवनशैलीमा बाँचेको छ बिहुँकोट । गाउँमा खेतीपाती र पशुपालन गरेको एवं परम्परागत आरनमा भाँडा बनाएको पनि हेर्न पाइन्छ ।
विसं २०७५ माघदेखि शिवधुरी सामुदायिक होमस्टेको नाउँमा पाहुना राख्न थालिएको छ । गाउँका ११ घरमा ५० जना बास बस्न सक्छन् । मगर, बाहुन र दलितका घरमा सञ्चालित होमस्टेमा अर्गानिक परिकार खुवाइन्छ । रातो चामल (सिलाङ्गे)को भात, कोदोको ढिँडो, लोकल कुखरा यहाँका विशेषता हुन् ।
पाहुनाको मागअनुसार पन्चै बाजा, सोरठी, ख्याली र भजनचुड्कासहितको सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
मह, भटमास, गुन्द्रुक, भाँगो, सिलटिमुर, बेसार, सिन्की, आलु, मौसमी तरकारी, किवि, घिउ बिहुँकोटको कोसेली ।

कसरी पुग्ने: काठमाडौँ–पोखरा–बागलुङ २७२ कि.मि., बसमा ९ घण्टा । बाग्लुङबाट पश्चिम २२ किलोमिटर बुर्तिबाङ जाने बाटोमा बिहुँकोट । बाग्लुङ बजारबाट जिपमा डेढ घण्टा लाग्छ ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ८०० रुपैयाँ ।

Bihukot
Bihukot is connected to the Mid-Hills Highway on the western side of Baglung Bazaar. There are about 900 households of Magar, Dalit and Brahmin communities in Bihukot of Kathekhola Municipality-5.
Bihukot is naturally and culturally beautiful village. Dhaulagiri, Annapurna and Machhapuchhre mountains are clearly visible from the village. An hour of walk from the village is Shivadhuri, where Parmananda Guru had performed meditation. There are ruins of Tapasthal. Similarly, within 15 minute walk from the village lies Tripureshwar Mahadev Temple. Pheasant are abundant in the temple, they are fed on grain from priest’s hand. The lower and upper fort (kot) are also equally attractive.
Bihukot has been survived with rural lifestyle. In the village, farming and animal husbandry are practiced and utensils traditionally molded by iron can be sighted.
Shivadhuri Community Homestay has started hosting guests since Jan 2019. 11 houses in the village can accommodate 50 people. Organic food is served in homestays run by Magar, Brahmin and Dalit households. Red rice (silange), Millet dhindo, local chicken are the food specialties served in homestay.
Cultural programs including Panchai Baja, Sorathi, Khayali and Bhajan Chudka are shown on request by visitors. Honey, Soybean, Gundruk, Bhango, Nepali pepper, Sinki, Potato, Kiwi, Ghee and Seasonal Vegetable are souvenir of the village.

How to reach : Kathmandu-Pokhara-Baglung 272 km, 9 hours by bus. Bihukot on the way to Burtibang, 22 km west of Baglung. It takes an hour and a half by jeep from Baglung Bazaar.

Package:
Nrs 800 for dinner, bed and breakfast.

सम्पर्क:

शिवधुरी सामुदायिक होमस्टे
बिहुँकोट, बागलुङ
प्रेमबहादुर श्रीस–९८६०३१७५६७
प्रेम पुन–९८४७६३३२४९

Contact:

Shivadhuri Community Homestay
Bihukot, Baglung
Prem Bahadur Shrees-9860317567
Prem Pun-9847633249

BACK