Ghalel गाउँ

घलेल
मर्दी हिमाल पदमार्गमा पर्दछ घलेल गाउँ । माछापुच्छे« गाउँपालिका–८, कास्कीमा रहेको घलेल (१,४५० मिटर) मा गुरुङ, दलित र बाहुनका १२० घर छन् । घलेल आफैंमा साहसिक र धार्मिक पर्यटनधामका रुपमा चिनिइसकेको छ ।
गाउँबाट मर्दी, माछापुच्छे« र अन्नपूर्ण हिमाल झलमल्ल देखिन्छन् । सूर्योदय र सूर्यास्त हुँदा माछापुच्छे« रङ्गिन बन्छ । तारे बराह, महागुरु गुफा, गुम्बा, मन्दिर, असला माछा, क्यानोनिङ र गुरुङ जीवनशैली यहाँका आकर्षण ।
घलेलमुन्तिर कुदी खोलामा क्यानोनिङ खेल खेलाइन्छ । पोखरा क्यानोनिङले १२, ९, ७५ र ४५ मिटरका चारओटा झरनामा क्यानोनिङ गराउँछ । गाउँको पुछारमा रहेको मर्दी खोलामा असला माछा पाइन्छ । असला माछाको स्वाद तिख्खर हुन्छ ।
गाउँमा दुईओटा होटल छन् भने ७ घरमा होमस्टे सुविधा छ । विसं २०६६ सालदेखि होमस्टे सुरु गरिएको हो जहाँ गुरुङका घरमा ३५ वेड छन् । पारिवारिक वातावरणमा खाना र बास सुविधा दिलाइन्छ । पाहुनाको मागअनुसार साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ । नाचगान गरिन्छ ।
घलेल गाउँबाट डेढ घण्टा पदयात्रामा अर्को पर्यटकीय गाउँ ल्वाङ पुग्न सकिन्छ ।
निगालोको टुसा, कुरिलो, तरकारी, घिउ र कोदोको रक्सी घलेलका कोसेली ।

कसरी पुग्ने: काठमाडौँ–पोखरा २०० कि.मि., बसमा ६ घण्टा अथवा हवाई यात्रा २५ मिनेट । पोखरा–हेम्जा–घलेल १९ कि.मि. । पोखराको हरिचोकमा पाइन्छ घलेल जाने बस र जिप ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ११०० रुपैयाँ ।

Ghalel
Ghalel village (1450m) is on the lap of Mardi Himal trekking trail. There are 120 houses of Gurungs, Dalits and Brahmins communities in the village. Ghalel lies in Machhapuchhre Rural municipality-8, Kaski district. Ghalel is already known as an adventure and religious tourist destination.
Snow-clad mountains like Mardi, Machhapuchhre and Annapurna can be seen from the village. Mt. Fishtail is colorful when the sun rises and sets. Taare Barah, Mahaguru Cave, Gumba, Temple, Asala Fish, Canyoning and Gurung Lifestyle are main attractions of the village.
Canyoning activities is offered in Kudi river below Ghalel. Pokhara Canyoning organizes canyoning at four waterfalls of 12, 9, 75 and 45 meters height. Fresh river fish can be found in Mardi river. The taste of fresh river fish is mouth-watering.
There are two hotels in the village and seven houses runs homestay facilities. Homestay has been started since 2010, where 35 beds are available in Gurung community homes. Meals and accommodation are provided in a family environment. Cultural programs are shown in the evening as per guests’ demand. Cultural dances and singing are performed in the evening.
Lwang an other tourist village can be reached in an hour and half duration on foot from Ghalel village.
Himalayan bamboo shoots, Kurilo, Ghee and Millet Rakshi and fresh vegetables can be taken as Ghalel’s Souvenir.

How to reach : Kathmandu-Pokhara 200 km, 6 hours by bus or 25 minutes by air. Pokhara-Hemja-Ghalel 19 km. Ghalel bus and jeep can be found in Harichowk of Pokhara.

Package:
Nrs. 1100 for dinner, bed and breakfast.

सम्पर्क:

घलेल सामुदायिक होमस्टे
घलेल, कास्की
रामबहादुर गुरुङ–९८५६०२८२०२
शान्ति गुरुङ–९८४६३५५२४७

Contact:

Ghalel Community Homestay
Ghalel, Kaski
Ram Bahadur Gurung-9856028202
Shanti Gurung-9846355247

BACK