Ligligkot गाउँ

लिगलिगकोट
लिगलिगकोट (१,४३७ मिटर) ऐतिहासिक सम्पदा हो । पालुङटार नगरपालिका–२ गोरखामा पर्ने कोटमा दरबारको भग्नावशेष छन् । त्यहाँ कालिका मन्दिर, भूमे थान र उपासे घर छन् ।
चौबिसे राज्यका राजा द्रव्य शाह विसं १६१५ मा लिगलिगकोटको राजगद्धिमा बसेका थिए । तिनताका जसले दौडेर जित्छ उही वर्ष दिनसम्म राजा हुने चलन थियो । लिगलिगकोटमा विजया दशमीका दिन चेपेघाटबाट दौडेर जो पहिला पुग्छ त्यसैलाई राजा बनाउने चलन बसाइएको थियो ।
इतिहासअनुसार विसं १६०४ देखि लिगलिग दौड सुरु भएको थियो । दौड जित्ने राजा बन्ने पहिलो सर्बसाधारण दलसुर घले मगर थिए । लिगलिगकोटका अन्तिम राजा द्रव्य शाह हुन् । खासमा युद्ध हतियार राख्ने ठाउँलाई कोट भनिन्छ भने मगर भाषामा सफा, छयाङ् देखिनुलाई ‘लिङलिङ’ भनिन्छ । त्यही लिङलिङ शब्द अपभ्रंस भएर लिगलिग भएको भनाई छ । डाँडामा वर्षैभर शितल हुन्छ । प्राकृतिक हिसाबले समेत लिगलिगकोट सुन्दर छ । त्यहाँबाट अन्नपूर्ण, लमजुङ, मनास्लुलगायत धेरै हिमाल देखिन्छन् ।
लिगलिगकोट विकास अभियानले दसैंका बेला बर्सेनी लिगलिग दौड आयोजना गर्छ भने लिगलिग भिलेज स्पोर्टसले फागुन ७ गते साइकल दौड प्रतियोगिता ।
विसं २०७७ मंसिर १३ बाट लिगलिगकोट नजिकै खोल्ली गाउँका १३ घरमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । त्यहाँ ४० जना बास बस्न सक्छन् ।
मौसमी तरकारी, फलफुल र मह लिगलिगकोटका कोसेली ।

कसरी पुग्ने: काठमाडौं–डुम्रे १४८ किमि । डुम्रेबाट बेशिसहर जाने सडकमा तुरतुरे १२.५ किमि । तुरतुरे–ठाँटीपोखरी ४.५ किमि । ठाँटीपोखरी–लिगलिगकोट १२ किमि ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ८०० रुपैयाँ ।

Ligligkot
Ligligkot is a historical heritage situated at an elevation of 1437 m altitude. There are ruins of a palace at Kot (fort) in Palungtar Municipality-2, Gorkha. There are Kalika temple, Bhume Than and worshiper’s home.
King Dravya Shah of the Chaubise rajya ascended the throne of Ligligkot in 1559. It was a tradition to win the race and become a King during those days. On the day of Vijaya Dashami, it was customary to run from Chepeghat, the winner became the King in Ligligkot. According to history, Liglig race was started from 1548.
Dalsur Ghale Magar was the first person to win the race and became King of Ligligkot. The last king of Ligligkot was Dravya Shah. A place where weapons are stored is called a Kot. The word ‘lingling’ is deprived from Magar language meaning clear, pristine, and beautiful view. The word was twisted later as Liglig.
The hilltop is cool and pleasant all the year round. Naturally, Ligligkot is fascinating. Wide ranges of Annapurna, Lamjung, Manaslu and many other mountains can be witnessed from the top.
The Ligligkot Development Campaign organizes annual Liglig race during the Dashain every year, while Liglig Village Sports organizes a bicycle race on Falgun 7.
A community homestay has been established in 13 houses at Kholi village near Ligligkot since Nov 28, 2020. It can accommodate up to 40 people per day.
Seasonal vegetables, fruits and honey can be taken as souvenirs from Ligligkot.

How to reach : Kathmandu-Dumre 148 km. Dumre to Turture on the way to Besishahar 12.5 km , Turture-Thatipokhari 4.5 km. Thatipokhari- Ligligkot is 12 km.

Package:
Nrs 800 for dinner, bed and breakfast.

सम्पर्क:

लिगलिगकोट होमस्टे समिति
लिगलिगकोट, गोरखा
वेदवहादुर रानामगर–९८५१२३४८१४
देवी ठकुरी–९८६२३८५१५५

Contact:

Ligligkot homestay committee
Liligkot , Gorkha
Bedbahadur Rana Magar-9851234814
Debi Thakuri-9862385155

BACK