Hemjakot गाउँ

ह्याङ्जाकोट
पर्यटकीय नगरी पोखरा नजिकैको पहाडी गाउँ हो ह्याङ्जाकोट(१,७५० मिटर) । माछापुच्छे«े गाउँपालिका–६, कास्कीमा पर्ने यो गाउँ मिश्रित जातजातिको सुन्दर फूलबारी हो । यहाँ गुरुङ, मगर र बाहुनका ७० घर छन् ।
गाउँमा हिमालय दर्शन, ग्रामीण जीवनशैली र जातीय संस्कृतिको सुवास मग्मगाउँछ । यहाँबाट अन्नपूर्ण, हिमचुली, माछापुच्छे« र लमजुङ हिमालको लामो शृङ्खला देखिन्छ । सूर्योदय र सूर्यास्तका बेला रङ्गीन बन्छन् यी हिमाल ।
यहाँ खेतीपाती र पशुपालनका दृश्य देखिन्छन् । मेहेनती, आत्मीय र फरासिला छन् गाउँले । गाउँबाट अगाडि सराङ्कोट डाँडातिर हेर्दा त्यहाँ ‘सिल्पिङ बुद्ध’को आकृति देखिन्छ । गाउँनजिकै जङ्गल भएकाले चराको चिरबिर सुनिन्छ भने जङ्गली जनावरसँग पनि जम्काभेट हुन सक्छ ।
ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)ले एक्सप्लोर गरेको ‘माछापुच्छे« मोडल टे«क’को प्रस्थानबिन्दु यही गाउँ हो । यहाँ वि.सं. २०६४ सालदेखि सामुदायिक होमस्टेको अभ्यास गरिँदै आएको छ । अचेल गुरुङका १४ घरमा एक सय जना बास बस्न सक्छन् ।
पाहुनालाई अर्गानिक खाना खुवाइन्छ । उनीहरूको मागअनुसार सांस्कृतिक कार्यक्रममा तमू नाच र चुड्कालगायत देखाइन्छ ।
गुन्द्रुक, मह, मुला, साग, आलुलगायत मौसमी तरकारी ह्याङ्जाकोटका कोसेली ।

कसरी पुग्ने: काठमाडौं–पोखरा २०० किलोमिटर, बसमा ६ घण्टा अथवा २५ मिनेट हवाई यात्रा । पोखरा–ह्याङ्जाकोट १७ कि.मि. । पोखराको हरिचोकबाट गाउँसम्म बस चल्छन् ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्ट १००० रुपैयाँ ।

Hyangjakot
Hyangjakot (1750m), a tourist mountain village close to Pokhara. The village is situated in Machhapuchhre Rural Municipality-6, Kaski. It is a beautiful flower garden of mixed castes. There are 70 houses of Gurung, Magar and Bahun communities.
The village has Himalayan views, rural lifestyle and ethnic culture. A long range of Annapurna, Himachuli, Machhapuchhre and Lamjung mountains can be seen. These mountains become stunning during sunrise and sunset.
Sceneries of farming and animal husbandry can be observed. The villagers are hardworking, friendly and diligent. While glancing towards Sarangkot hill from the village, one can glimpse figure of ‘Sleeping Buddha’. Due to a forest nearby the village, the chirping of birds can be heard and wild animals can be encountered.
This is the starting point of ‘Machhapuchhre Model Trek’ which was explored by the Trekking Agencies Association of Nepal (TAAN).
Community homestay has been practiced here since 2008. Now 14 houses of Gurung community can accommodate 100 people at a time. Organic food is served to the guests in the homestay. Tamu dance and Chudka are shown as cultural programs as per guests demand.
Gundruk, honey, radish, spinach, potatoes and other seasonal vegetables can be taken as souvenir from Hyangjakot.

How to reach : Kathmandu-Pokhara is 200 kilometers takes 6 hours by bus or 25 minutes by air. Pokhara-Hyangjakot is 17 km. Buses are available from Harichowk in Pokhara to the village.

Package:
Dinner, bed and breakfast cost NRs 1000.

सम्पर्क:

ह्याङ्जाकोट सामुदायिक होमस्टे
ह्याङ्जाकोट, कास्की
ईश्वर गुरुङ–९८४६२८०३१०
खड्गबहादुर गुरुङ–९८४६२८२८९९

Contact:

Hyangjakot Community Homestay
Hyangjakot, Kaski
Ishwar Gurung-9846280310
Khadga Bahadur Gurung-9846282899

BACK