Kalabang गाउँ

कालाबाङ
नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले लोकपप गायनलाई लोकप्रिय बनाए । तिनै साङ्गीतिक नायकको गाउँ कालाबाङ घरेडी हो । पोखरा महानगरपालिका–२२, कास्कीमा पर्ने गाउँमा गुरुङ, दलित र बाहुनका १५७ परिवारको बसोबास छ ।
शान्त र स्वच्छ वातावरण छ गाउँमा । गाउँलेहरू फरासिला, मेहनती र सहयोगी छन् । गाउँ माथिको चक्र हाल्ने डाँडाबाट पोखरा उपत्यकाको मनोरम दृश्य देखिन्छ । फेवाताल, पोखरा बजार हिमाल एकैसाथ देख्दा आँखा रमाउँछन् । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«देखि मनास्लु हिमालसम्म देखिन्छ ।
गाउँमा तीनओटा शिवालय र एउटा गुम्बा छन् । साथै गायक अमृत गुरुङको पुरानो घर पनि छ, जुन ढुङ्गा, माटो र टिनबाट बनेको छ । यहाँ ग्रामीण जीवनशैली पाइन्छ । खेतीपाती गरेको, मोही मथेको, भैँसी दुहेको, गोरु जोतेका दृश्य देखिन्छ । अर्गानिक कफी फार्म पनि अवलोकन गर्न सकिन्छ ।
कालाबाङका घरहरू फूलैफूलले सजाइएका छन् । यहाँ वि.सं.२०७१ चैत, देखि सामुदायिक होमस्टे शुभारम्भ भएको हो । गुरुङ, बाहुन र दलितका १८ घरमा पाहुना राखिन्छ, जहाँ सयओटा बेड छन् । अर्गानिक परिकारका साथमा मौलिक संस्कृतिको स्वाद लिन पाइन्छ । पाहुनाको मागअनुसार भजनचुड्कासहितका नाचगान देखाइन्छ ।
अर्गानिक कफी, गुन्द्री, चकटी, मौसमी तरकारी, मह, घिउ कालाबाङको कोसेली ।

कसरी पुग्ने: काठमाडौँ–पोखरा २०० कि.मि., बसमा ६ घण्टा । अथवा, २५ मिनेट हवाई यात्रा । पोखराबाट १५ कि.मि.मा कालाबाङ घरेडी । सिद्धार्थ राजमार्गको स्याङ्जा जाने सडकमा बिरौटाबाट तिलहार पुगेर राजमार्ग छाडेर उकालो लागेमा कालाबाङ पुगिन्छ ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको मूल्य ९०० रुपैयाँ ।

Kalabang
Nepathya’s band singer Amrit Gurung popularized Nepalese folk pop song. Kalabang Gharedi is the village of the same musical hero. There are 157 families of Gurungs, Dalits and Brahmins living in village of Kaski, Pokhara Metropolitan Municipality-22.
The village is calm with clean environment. Its inhabitants are open-hearted, hardworking, and supportive. Panoramic view of the Pokhara valley from the hill above the village is mesmerizing . Fewa lake, Pokhara valley and snow-clad mountain views area awe-inspiring. One can witnessed Mt. Dhaulagiri, Mt. Annapurna, Mt. Machhapuchhe to Mt. Manaslu Himal.
There are three Shivalayas and a monastery in the village. Singer Amrit Gurung also has an old house made of stone, clay and tin. Rural lifestyle is found in the village. Sceneries of farming, fishing, milking buffaloes, plowing cattle can be sighted. Organic coffee farms can also be observed.
The Kalabang’s houses are decorated with flowers. A community homestay has been started here on March 2015. Guests are accommodated in 18 houses of Gurungs, Brahmins and Dalits with hundreds of beds. Taste of organic dishes with traditional culture are main characteristics of the homestay. According to the guests’ preferences Bhajan and dances are performed.
Organic Coffee, Gundri, Chakti, Ghee , honey and seasonal Vegetables, are souvenir to be taken from Kalabang.

How to reach : Kathmandu-Pokhara 200 km, takes 6 hours by bus, or 25 minutes by air. Kalabang Gharedi is 15 km from Pokhara on the Siddhartha Highway along Syangja, just little above Tilhar leaving highway.

Package:
Nrs 900 for dinner, bed and breakfast.

सम्पर्क:

कालाबाङ सामुदायिक होमस्टे
कालाबाङ, कास्की
प्रकाश गुरुङ–९८४६०४१८०५
रविन्द्र गुरुङ–९८५६०५७५२१

Contact:

Kalabang Community Homestay
Kalabang, Kaski
Prakash Gurung-9846041805
Rabindra Gurung-9856057521

BACK