ठिनी गाउँ
जोमसोम बजारबाट दक्षिण नीलगिरि हिमालको काखमा टुसुक्क बसेको सुन्दर गाउँ–ठिनी । घरपझोङ गाउँपालिका–५ मुस्ताङमा अवस्थित यो थकाली वस्तीमा सय घर छन् । प्रकृति, संस्कृति र इतिहासको त्रिवेणीधाम ठिनी (२,८६२ मिटर)लाई ‘लुकेको हिरा’ भन्न सकिन्छ । मिठो खाना र आत्मीयता नै ठिनीको विशेषता हो ।
ठिनी क्षेत्रमा घुम्नलायक थुप्रै सम्पदा छन् । ढुम्बाताल, कुछप तेरेङगा गुम्बा, घरपझोङ किल्ला, यारुझु भ्यु प्वाइन्ट, थकाली सङ्ग्रहालय, लियोपार्ड गुफा, नमकुलेख, सामुदायिक स्याउ बगान घुम्न सकिन्छ ।
अन्नपूर्ण क्षेत्रको वैकल्पिक पदमार्गमा पर्छ ठिनी । जोमसोमदेखि मुक्तिनाथसम्म मोटर बाटो जोडिएकाले अचेल पदयाक्रीहरू मुत्तिनाथबाट लुब्रा हुँदै ढुम्बातालको बाटो भएर मार्फा गाउँ झर्छन् ।
गाउँमा मिठो खाना र आत्मीय व्यवहार पाइन्छ । गाउँमा तीन होटल छन् र १२ घरमा होमस्टे सुविधा छ । विसं २०७४ मा होमस्टे शुभारम्भ गरिएको हो । होमस्टेमा ४८ वेड छ ।
मुलुककै पहिलो थकाली सामुदायिक होमस्टे भएको ठिनी थकाली संस्कृतिको नमुना गन्तव्य हो । यहाँ पर्यटकले याक डान्ससहित थकाली संस्कृति अवलोकन गर्न पाउँछन् ।
ठिनीका बासिन्दा मेहनती छन् । साग, स्याऊ, गेडागुडी, गलैंचा, स्याउ र खुर्पानीको रक्सी, आलु आदि ठिनीको कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–बेनी २८२ कि.मि., बसमा ९ घन्टा । बेनी–जोमसोम ७५ कि.मि., बसमा ६ घन्टा । अथवा पोखरा–जोमसोम हवाई उडान १८ मिनेट । जोमसोम–ठिनी २ कि.मि. । जीप र मोटरबाइक गाउँमै लान सकिन्छ । जोमसोमबाट हिँडेर जाँदा ठिनी पुग्न ३० मिनेट ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ५०० रुपैयाँ ।
Thini village
Thini village is seated in the lap of the Nilgiri Himal towards the south of Jomsom Bazaar. There are 100 houses in the Thakali village of Thini located in Mustang of Gharpjhong Rural Municipality-5.
Thini (2,862 m) is confluence of nature, culture and history and can be called a ‘hidden diamond’. Delicious food and intimate behavior are the characteristics of Thini.
There are many treasures worth visiting in Thini area. It includes Dhumbatal, Kuchap Terenga Gumba, Gharapzhong Fort, Yaruzhu View Point, Thakali Museum, Leopard Cave, Namkulekh, and community apple orchards can be visited.
Thini is one of the alternative trekking trail in Annapurna region. As the motorable road from Jomsom to Muktinath is connected, trekkers now can walk down from Muktinath to Marpha village via Lumbra and Dhumbatal.
Delicious food and friendly behavior are found in the village. There are three hotels in the village and 12 houses have homestay facilities. Homestay was launched in 2018 which has has 48 beds.
Being the first Thakali community homestay in the country, Thini is model destination of Thakali culture. Tourists can observes the Thakali’s culture including yak dance in the village.
The people of Thini are hardworking. Greens vegetable, apples, walnuts, carpets, apple, apricot liquor, potatoes etc. are Thini’s souvenirs that can be brought back home.
How to reach : Kathmandu-Beni 282 km reachable in 9 hours by bus. Beni-Jomsom 75 km, 6 hours by bus. Or Pokhara-Jomsom flight 18 minutes and Jomsom-Thini is 2 km. Jeeps and motorbikes are accessible to the village. It takes 30 minutes on foot to reach Thini from Jomsom.
Package:
Nrs 500 for dinner, bed and breakfast.
सम्पर्क:
थकाली सामुदायिक होमस्टे
ठिनी, मुस्ताङ
जुमा थकाली–९८४६३९६७९१
मीना थकाली–९८४७६३८०७४
Contact:
Thakali Community Homestay
Thini , Mustang
Juma Thakali-9846396791
Meena Thakali-9847638074