Jhin गाउँ

झीँ
सुन्दर पहाडी थुम्को (२,४०० मिटर) टोड्केको काखमा मुस्कुराइरहन्छ झीँ गाउँ (१,७०० मिटर) । रघुगङ्गा गाउँपालिका–५, म्याग्दीमा पर्ने गाउँमा मगर र दलितका ३३५ घर छन् । मगर बाहुल्य गाउँ आकर्षक छ ।
झीँ गाउँको नामका विषयमा रोचक कथा छ । गाउँभन्दा माथि तामा खानी छ जसलाई पहिलापहिला झीँ खानी भनिन्थ्यो । तिनताका त्यहाँको तामा ल्याएर गाउँमा व्यापार गरिन्थ्यो । बेनीतिरबाट माथि व्यापारिक थलोमा किन्न जाँदा झीँ जाने भनिन्थ्यो । त्यसो भन्दाभन्दै गाउँको नामै झीँ रह्यो ।
यहाँ ग्रामीण जीवनशैलीको सुवास पाइन्छ । गाउँबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन् । साथै धौलागिरि सेन्चुरी पदमार्ग, कुइनेमङ्गले गाउँ, पाखापानी, दर्मिजा र मल्काबाङको प्रवेशद्वार पनि हो झीँ गाउँ ।
झीँबाट टोड्केसम्म सडक खुलेको छ, जिप वा मोटर बाइकमा यात्रा गर्न सकिन्छ । हिँडेर जाने हो भने झीँबाट डेढ घण्टा लाग्छ ।
झीँमा वि.सं. २०७२ देखि होमस्टे शुभारम्भ गरिएको छ । मगरका १३ घरमा ५० बेड क्षमता छ । पाहुनालाई लोकल खाना जस्तो कि लोकल कुखुराको मासु, कोदो अनि मकैको ढिँडो, सिस्नुको सुप, निगुरोको तरकारी र कोदाको रक्सी खुवाइन्छ । पाहुनाको मागअनुसार पुर्ख्यौली नाच, झ्याउरे गीत, थाली नाच र दोहोरीमा नाचगान गरिन्छ ।
आलु, मुला, ओखर, टिमुर, सिन्की, गुन्द्रुक, घिउ र तरकारी झीँका कोसेली ।

कसरी पुग्ने: काठमाडौं–बेनी २८२ कि.मि., बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट । पोखरा–बेनी ८२ कि.मि., बसमा ३ घन्टा । बेनी–अर्थुङ्गे–झीं १५ कि.मी ।

प्याकेज:
खाना, बेड र ब्रेकफास्टको ५०० रुपैयाँ ।

Jhin
Jhin village (1,700 m) is seated in the lap of beautiful Todke hilltop (2,400 m). There are 335 houses of Magars and Dalits communities in the village of Raghuganga Rural Municipality-5, Myagdi district. It is an eye-catching village with majority of Magar settlement.
There is an interesting story about the name of Jhin village. Long ago, there was a copper mine right above the village in a place called jhin mine. Coppers from here were traded in the village. People from Beni used to travel to Jhin mine for trading copper. Hence, name of the village was called Jhin.
One can experience the fragrance of rural lifestyle. Gurja, Churen, Manapathi, Dhaulagiri, Nilgiri, Annapurna, Machhapuchhre and Lamjung mountains are clearly visible from the village. Jhin village is also gateway to Dhaulagiri Sanctuary trail, Kuinemangale village, Pakhapani, Darmija and Malkabang.
Homestay has been started in Jhin since 2016. There are 50 beds in 13 houses of Magar community. Guests are served with local and organic food such as rice, cornmeal and dhido with local chicken meat, nettle soup, fiddlehead fern (niguro), vegetables and millet wine. According to the guests preferences cultural dances like Purkhyouli dance, Jhaure song, Thali dance and Dohori dance are performed.
Potato, Radish, Okhar, Walnut, Sinki, Gundruk, Ghee and Vegetable are souvenir of Jhin village.

How to reach :Kathmandu-Beni 282 km, 9 hours by bus. Or Kathmandu- Pokhara Air Travel 25 minutes. Pokhara-Beni 82 km, 3 hours by bus. Beni-Arthunge–Jhin is 15 Km.

Package:
Nrs. 500 for food, bed and breakfast.

सम्पर्क:

झीँ सामुदायिक होमस्टे
झीँ, म्याग्दी
डेकप्रसाद गर्बुजा–९८४७७३१८४७
श्रीमाया शेरपुञ्जा–९८४७७१२५१४

Contact:

Jhin Community Homestay
Jhin, Myagdi
Dek Prasad Garbuja-9847731847
Shrimaya Sherpunja-9847712514

BACK