अमलटारी
वाइल्ड लाइफ र थारु एवं बोटे संस्कृति अवलोकनका लागि नवलपुर जिल्लाको अमलटारी प्रख्यात गन्तव्य हो । कावासोती नगरपालिका–१५ बाघखोरमा पर्दछ यो गाउँ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गाउँमा थारु, बोटे र मुसहर जातिका २१२ घर छन् ।
यहाँको बाघखोर गाउँमा बसेर नजिकैको सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी, बयलगाडा सयर, नारायणीमा बोटिङ, थारु सङ्ग्रहालय भ्रमण, पोखरीमा फिसिङ, बर्ड वाचिङको आनन्द लिन सकिन्छ । साथमा थारु र बोटे समुदायका परिकार र सांस्कृतिक कार्यक्रममा झुम्न पाइन्छ ।
गाउँमा आधा दर्जन भन्दा बढी होटल तथा रिसोर्ट खुलेका छन् । वि.सं. २०७० जेठ ५ देखि बाघखोरमा सामुदायिक होमस्टे सञ्चालित छ । थारु र बोटे समुदायका ३१ घरमा १२४ बेड सुविधा छ । पाहुना राख्ने छुट्टाछुट्टै भवन बनाइएको छ । पाहुनालाई स्थानीय परिकार खुवाइन्छ भने साँझ सामुदायिक भवनमा थारु र बोटे समुदायको नाचगान देखाइन्छ ।
हस्तकला, गैंडा र हात्तीलगायत जनावरका काष्ठकला, अनदीको चामल, बेसार, मौसमी तरकारी आदि अमलटारीका कोसेली ।
कसरी पुग्ने: काठमाडौं–अमलटारी १८५ कि.मि., बसमा ५ घन्टा । अथवा काठमाडौं–भरतपुर १८ मिनेट हवाई यात्रा । भरतपुर–अमलटारी ४२ कि.मि. । कावासोती हुँदै डन्डा बजारबाट ७ कि.मि. दक्षिणमा अमलटारी । डण्डा बजारबाट छुट्छ लोकल बस ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ९८० रुपैयाँ ।
Amaltari
Amaltari in Nawalpur district is a famous destination for observing wildlife and Tharu and Bote culture. The village lies in Kawasoti Municipality-15. There are 212 houses of Tharu, Bote and Musahar castes in the village in buffer zone of Chitwan National Park.
Elephant safaris, jeep safaris, Ox safaris, boating in Narayani, Tharu Museum visit, fishing in the pond, bird watching can be enjoyed in the nearby community forest while staying at Baghkhor village. In addition, taste of Tharu and Bote communities dishes is offered and cultural programs are performed in the village.
More than half a dozen hotels and resorts have been opened in the village. A community homestay has been operating in Baghkhor since 19 May, 2013. There are 124 beds in 31 houses of Tharu and Bote communities. A separate building has been constructed to accommodate the guests. Guests are served local dishes, while the Tharu and Bote dances are performed at the community building in the evening.
Handicrafts, wooden art of animals including rhinoceros and elephant including Anadi rice, turmeric, seasonal vegetables etc. are souvenir of Amaltari.
How to reach :Kathmandu-Amaltari is 185 km takes 5 hours by bus. Or Kathmandu-Bharatpur is 18 minute flight. Bharatpur-Amaltari is 42 km. Amaltari 7 km south of Danda Bazaar via Kawasoti. Local buses are available from Danda Bazaar.
Package:
Nrs. 980 for dinner, bed and breakfast.
सम्पर्क:
अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे
अमलटारी, नवलपुर
प्रेमशंकर मर्दानी–९८५७०४६२१३
धनीराम गुरौं–९८०२६३८११
Contact:
Amaltari Buffer-Zone Community Homestay
Amaltari, Nawalpur
Prem Shankar Mardani-9857046213
Dhaniram Guru-980263811