Pitlek गाउँ

पित्लेक
अर्गानिक कफी, मह र तरकारीका कारण स्याङ्जाको पित्लेक गाउँले ख्याति कमाएको छ । साथै गाउँमा न्यानो माया पनि पाइन्छ । वालिङ नगरपालिका–५ मा पर्ने तीनओटा गाउँहरू पित्लेक, आरुपाटा र पाँडेथोकलाई पित्लेक भनिन्छ । गाउँमा गुरुङ, मगर, बाहुन र विश्वकर्माका ६० घर छन् ।
प्रकृति र संस्कृतिको सङ्गम पित्लेक (१,४००मिटर)बाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमालको लर्कन देखिन्छ । नजिकै जङ्गलमा चरा र जनावर पनि देखिन्छन् । त्यस्तै गाउँमा आरुपाटा सोलार लिफ्टिङ, पित्लेक खहरे ग्राभिटी रोप वे आदि अवलोकन गर्न सकिन्छ । यहाँ पित्लेक कालिका मन्दिर र क्होइंबोलगायत धार्मिक सम्पदा पनि छन् ।
ग्रामीण जीवनशैलीको खुला पाठशाला पनि हो पित्लेक । गाउँमा बसेर कृषि कर्म र पशुपालनको अध्ययन गर्न सकिन्छ ।
यहाँ विसं २०६६ सालदेखि सामुदायिक होमस्टे शुभारम्भ गरिएको छ । अचेल गुरुङ र मगरका १८ घरमा ६० बेड छन् । गाउँलेहरू अर्गानिक परिकारका साथमा मौलिक संस्कृति देखाउँछन् । पाहुनाको मागअनुसार मारुनी, घाटु, कौरा र झोरा नाच देखाइन्छ ।
मह, लोकल कुखुरा, अण्डा, मह र सिजनेवल तरकारी पित्लेकका कोसेली ।

कसरी पुग्ने: काठमाडौँ–पोखरा २०० कि.मि. । पोखरा–मिर्दी ६० कि.मि. । सिद्धार्थ राजमार्गको मिर्दीबाट पित्लेक जाने दुई बाटा छन् । एउटा मिर्दी, पाँडेथोक हुँदै पित्लेक ८ कि.मि. । अर्को, मिर्दी जगतभञ्ज्याङ, आरुपाटा हुँदै पित्लेक ११ कि.मि. । पोखराबाट बगैँचासम्म सार्वजनिक बस चल्छन् । पित्लेकसम्मै जिप र मोटरसाइकलमा जान सकिन्छ ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको १००० रुपैयाँ ।

Pitlek
The village of Pitlek in Syangja district is famous for its organic coffee, honey and vegetables. The village offers warm love and welcoming hospitality. The three villages of Pitlek, Arupata and Pandethok in Waling Municipality-5 are known as Pitlek. There are 60 houses of Gurung, Magar, Bahun and Vishwakarma communities in the village.
Pitlek (1,400 m) is blend of nature and culture from where Dhaulagiri, Annapurna, Machhapuchhre and other mountains are seen. Birds and animals can also be sighted in the nearby forest. Similarly, Arupata Solar Lifting, Pitlek Khahare Gravity Rope Way etc. can be observed in the village. There are also religious heritages including Pitlek Kalika Temple and Khoinbo dhin.
Pitlek is also an open school to experience and study rural lifestyle. Agriculture and animal husbandry can be explored in the village.
Community Homestay has been started here since 2010. At present, 18 households of Gurung and Magar communities have 60 beds. The villagers performs traditional culture with organic dishes. Maruni, Ghatu, Kaura and Jhora dances are performed as per guests’ preference.
Honey, local chicken, eggs and seasonal vegetables are souvenir of the village .

How to reach :Kathmandu-Pokhara 200 km, Pokhara-Mirdi 60 km. There are two ways to reach Pitlek from Mirdi along Siddhartha Highway. First Mirdi, Pandethok to Pitlek is 8 km. Then 11 km from Mirdi Jagatbhanjyang, to Pitlek via Arupata. Public buses run from Pokhara to Bagaincha. One can reach Pitlek by jeep and motorcycle.

Package:
Nrs. 1,000 for dinner, bed and breakfast.

सम्पर्क:

पित्लेक देउराली सामुदायिक होमस्टे
पित्लेक, स्याङ्जा
भुपेन गुरुङ– ९८२३०४१४६७
महेश गुरुङ–९८४६१३५३५१

Contact:

Pitlek Deurali Community Homestay
Pitlek, Syangja
Bhupen Gurung - 9823041467
Mahesh Gurung-9846135351

BACK