आँपस्वारा
तनहुँको व्यास नगरपालिका–१३ मा रहेको आँपस्वारा नमुना गाउँ बनेको छ । सदरमुकाम दमौली बजारबाट ६ कि.मि. पूर्वमा रहेको आँपस्वारामा १०६ घरधुरी छन् । दलित बाहुल्य गाउँमा मगर, गुरुङ, क्षेत्री र बाहुन समुदायको बसोबास छ ।
ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना आँपस्वाराका आकर्षण । गाउँबाट अन्नपूर्ण हिमाल, दमौली बजार, छाब्दीबराह, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ । रोचक कुरा गाउँको शिरमा रहेकी थानीमाईको सम्मानस्वरुप आइतबार बारना गरिन्छ । आइतबार गाउँमा हलो जोत्ने, ढिकीजाँतो चलाउने र खेतबारीमा खनजोत गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।
मुलुककै पहिलो दलित सामुदायिक होमस्टे हो–आँपस्वारा । हयाण्ड्स अन् इन्स्टिच्यूटको सहयोगमा विसं २०७२ जेठमा होमस्टे सुरु गरिएकामा विसं २०७३ भदौमा पर्यटन कार्यालय पोखरामा दर्ता गरियो । हाल १८ घरमा होमस्टे सुविधा छ, जहाँ ३६ बेडको सुविधा छ ।
पर्यटनका माध्यमबाट आर्थिक विकास र छुवाछुत अन्त्य गर्न यहाँ सामुदायिक होमस्टे सञ्चालन गरिएको हो । पर्यटनको अभ्यास भएसँगै छुवाछुत मेटिंदै गएको छ । आत्मीय, फरासिला र सहयोगी छन् गाउँले । सफा छ गाउँ । होमस्टेका आँगनमा ढुङ्गा छापिएको छ । घरघरै चर्पी र बाथरुम बनाइएको छ । पाहुनालाई लोकल खानेकुरा खुवाइन्छ । साँझ आमा समूहबाट झ्याउरे गीतमा नाचगान हुन्छ ।
सस्याना डोका, मकैको खोस्टाबाट बनेको चकटी, माटोका गहनाहरू नौगेडी, कण्ठाको माला, चन्द्रमा र जन्तरलगायत हस्तकलाका साथै मास, मौसमी तरकारी आँपस्वाराको कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–दमौली १५३ कि.मि., बसमा ५ घण्टा । दमौली–आँपस्वारा ६ कि.मि., जिपमा २५ मिनेट ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको १२०० रुपैयाँ ।
Aapswara
Aapswara village in Byas Municipality-13, Tanahun has become an exemplary village. There are 106 households in Aapswara, lies 6 km east of the district headquarters Damauli Bazaar. The Dalit-majority village is inhabited by the Magar, Gurung, Chhetri and Brahmin communities.
Rural lifestyle, Thanimai temple, Himalayan view and organic food attracts visitors in the village. Annapurna Himal, Damauli Bazaar, Chhabdibarah, Seti Hydro Power and Orange Plantation can be seen from the village.
Sunday is celebrated in honor of Thanimai, that lies on the top of the village. It is believed and considered ill-fated to plow and work in the field on sunday.
It is the first Dalit community homestay in the country. Homestay was started in May 2015 in support of Hands on Institute and was registered in August 2016 at the Tourism Office Pokhara. At present 18 houses have homestay facility with 36 beds.
Community Homestay has been started with an objective to support in economic development and end untouchability through tourism. Untouchability is being eradicated after homestay came into operation .
The villagers are close, friendly and supportive. The village is clean with stones paved courtyard. There are toilets and bathrooms in every house. Local food is served to the visitors. In the evening woman group performs dances in Jhyaure songs.
Handicrafts including basket (doko), chakti made from corn husk, earthen ornaments like naugedi, kantha garland, moon and jantar as well as pulses, seasonal vegetable are souvenir of Aapswara.
How to reach :Kathmandu-Damauli 153 km, 5 hours by bus. Damauli-Ampaswara 6 km, 25 minutes by jeep.
Package:
Nrs. 1200 for dinner, bed and breakfast.
सम्पर्क:
आँपस्वारा दलित सामुदायिक होमस्टे
आँपस्वारा, तनहुँ
रेशम विक –९८०६६२०७२३
मधुमाया विक–९८०६५७३३३२
Contact:
Aapswara Dalit Community Homestay
Aapaswara, Tanahun
Resham BK-9806620723
Madhumaya BK-9806573332