फिरफिरे
‘मिलेनियम टे«क’मा पर्ने फिरफिरे गाउँ आकर्षक छ । शुक्ला गण्डकी नगरपालिका वडा नं १२ तनहुँको फिरफिरेमा ८१९ घर छन् । गुरुङ बाहुल्य गाउँ । फिरफिरेमा सहस्राब्दी गुफा, पुरानो दरबारको भग्नावशेषलगायत धेरै कुरा छन् । यहाँ चौबीसे राज्यकालका ठकुरी वंशको दरबार, रानी कुवा, टुँडिखेल, कारागार, टक्सार, चौकीलगायत सम्पदाका भग्नावशेष छन् ।
हिमाली सौन्दर्यका लागि समेत गाउँ उपयुक्त छ । गाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल देखिन्छ । प्रकृति र इतिहासको दोभान त हुँदै हो, सांस्कृतिक हिसाबले समेत समृद्ध छ यो ठाउँ, जहाँ गुरुङ जीवनशैली र संस्कृतिको सुवास मग्मगाउँछ ।
रक गार्डेन अवलोकन र ढोरबराहको दर्शन गरेर फिरफिरे पुग्न सकिन्छ । सन् २००० मा पर्यटनविज्ञले गुफालाई ‘मिलेनियम केभ’ नामकरण गरिदिए । त्यही बेला पृथ्वी राजमार्गको शुक्ला गण्डकीबाट ढोरफिर्दी हुँदै स्याङ्जा निस्कने ‘सहस्राब्दी पदमार्ग’ सुरु भएको थियो ।
फिरफिरे क्षेत्रमा तीनओटा सामुदायिक होमस्टे सञ्चालित छन् । विसं २०७४ देखि सञ्चालित ढोरलामा गाउँको होमस्टेमा १० घरमा २५ बेड छ । त्यस्तै २०७५ चैतदेखि सञ्चालित मिलेनियम सामुदायिक होमस्टेका ११ घरमा र घरेडी सामुदायिक होमस्टेका ८ घरमा पाहुना राख्ने सुविधा छ । प्रत्येक घरमा दुईदुई बेड छन् ।
पाहुनाको मागअनुसार गाउँलेहरू सालैजो र झ्याउरे भाकामा नाचगान गर्छन् ।
मौसमी तरकारी, फलफूल, सिन्की, सिमी, बोडी र लोकल रक्सी फिरफिरे क्षेत्रका कोसेली ।
कसरी पुग्ने: काठमाडौं–दमौली हुँदै शुक्ला गण्डकी १७६ कि.मि., बसमा ५ घन्टा । अथवा काठमाडौं–पोखरा हवाईयात्रा, २५ मिनेट । पोखरा–शुक्ला गण्डकी २६ कि.मि. । शुक्ला गण्डकीबाट २१ किमिमा गुफा ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ९०० रुपैयाँ ।
Firfire
Firfire village an attractive tourist destination that falls in the Millennium Trek. There are 819 houses in Firfire of Sukla Gandaki Municipality-12, Tanahun. Gurung majority lives in the village.
Tourist’s attractions including the millenium cave and the ruins of an old palace are found in the region. There are ruins of Rani Kuwa, Tundikhel, prison, Taksar, Chowki and other heritages of the Thakuri dynasty.
The village is also popular for mountain beauty. Dhaulagiri, Annapurna, Machhapuchhre and Lamjung mountains can be seen from the village. The blend of nature and history including fragrance of Gurung lifestyle and rich culture can be witnessed.
Firfire can be reached by observing the Rock Garden and visiting the Dhor Barah. Tourism experts named the cave as Millennium Cave in 2000. ‘Millennium trek’ from Sukla Gandaki on the Prithvi Highway to Syangja was launched at the same year.
There are three community homestays in Firfire area. There are 25 beds in 10 houses of Dhor Lama village which has been operating since 2018. There is a facility to accommodate guests in 11 houses of Millennium Community Homestay and 8 houses of Gharedi Community Homestay. Each houses has two beds. At the request of guests, the villagers performs dance in Salaijo and Jhyaure tunes.
Seasonal vegetables, fruits, cinquefoils, beans, bodi and local raksi can be taken as souvenir from Firfire area.
How to reach : Sukla Gandaki 176 km via Kathmandu-Damauli, reachable in 5 hours by bus. Or Kathmandu-Pokhara by flight takes 25 minutes. Pokhara-Sukla Gandaki 26 km. Cave is at a distance of 21 km from Sukla Gandaki.
Package:
Nrs. 900 for dinner, bed and breakfast.
सम्पर्क:
ढोर लामागाउँ सामुदायिक होमस्टे | उमा गुरुङ–९८२६१००२९८
मिलेनियम सामुदायिक होमस्टे | कोपिला गौतम–९८२५१३११८०
घरेडी सामुदायिक होमस्टे | ठुल्माया गुरुङ–९८०६७४५११९
फिरफिरे, तनहुँको
Contact:
Dhor Lamagaun Community Homestay | Uma Gurung-9826100298
Millennium Community Homestay | Kopila Gautam-9825131180
Gharedi Community Homestay I Thulmaya Gurung-9806745119
Firfire, Tanahun