Korikha गाउँ

कोरिखा
तनहुँको पुरानो सदरमुकाम बन्दीपुर बजार पर्यटकीय हब बनिसकेको छ । यही पहाडी बस्ती बन्दीपुर नजिकै छ अर्को सुन्दर गाउँ कोरिखा (८७५ मिटर) । बन्दीपुर गाउँपालिका–५ मा पर्ने गाउँमा गुरुङ समुदायका २६ घर छन् ।
हिमाल, मस्र्याङ्दी फाँटका रमणीय दृश्यकासाथै गुरुङ संस्कृति कोरिखाका आकर्षण । गाउँबाट अन्नपूर्ण, माछापुच्छे« र मनास्लु हिमालको लर्कन देखिन्छ । घरका झ्यालबाटै हिमालको दर्शन पाउँदा मन पुलकित हुन्छ । साथै बस्तीभन्दा तल मस्र्याङ्दी नदी र किनारका फाँट सुन्दर देखिन्छन् ।
कृषिकर्ममा बाँचेका छन् गाउँले । यहाँ ग्रामीण जीवनशैलीको सौन्दर्य पाइन्छ । गाउँमा ढिकी तथा जाँतो चलाएको, दुध दुहेको र खेतीपाती गरेका दृश्य अवलोकन गर्न सकिन्छ । यहाँबाट आधा घण्टा पदयात्रामा चन्द्रकोट गढी पुगिन्छ भने एक घण्टामा बन्दीपुर बजार ।
शिक्षाविद् चिजकुमार श्रेष्ठको प्रेरणाबाट विसं २०७३ पुस महिनादेखि सामुदायिक होमस्टेको अभ्यास गरिँदैछ । गाउँका १२ घरमा २० बेड सुविधा छ । पाहुनाले न्यानो आतिथ्य पाउँछन् । साँझ गुरुङ संस्कृति चुड्का, झ्याउरे र बाह्रमासे घाटु देखाइन्छ । पाहुनालाई पनि नचाइन्छ ।
चकटी, गुन्द्री, ढकिया, टोपी र मौसमी तरकारी कोरिखाका कोसेली ।

कसरी पुग्ने: काठमाडौं–डुम्रे १३१ कि.मि., बसमा ४ घण्टा । डुम्रेबाट बन्दीपुर हुँदै कोरिखा १२ किलोमिटर । डुम्रेबाट धरमपानी जाने गाडीमा चढेर बाहुन भञ्ज्याङ ओर्लने । भञ्ज्याङबाट १० मिनेट पदयात्रामा कोरिखा ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ८०० रुपैयाँ ।

Korikha
Bandipur Bazaar, an old headquarters of Tanahun district has become a tourist hub recently. Another beautiful village Korikha (875 meters) is nearby the same hill station of Bandipur. There are 26 houses of Gurung community in Bandipur rural municipality-5.
The mesmerizing scenery of Himalayas, Marsyangdi field and Gurung culture are attractions of Korikha. From the village snowclad mountains like Annapurna, Machhapuchhre and Manaslu can be seen. The mountains view from the window of the house is a delightful. Also, below the settlement, the Marsyangdi river and its banks looks beautiful.
The villagers has been surviving on agriculture. One will find the beauty of rural life. In the village one can witnessed threshing, milking, and farming. One can reach Chandrakot Gadhi in half an hour’s walk and Bandipur Bazaar in one hour.
Inspired by educationist Chij Kumar Shrestha, community homestay has been practiced since December 2016. There are 20 beds in 12 houses of the village.
Guests are received with warm hospitality. Gurung culture like Chudka, Zhaure and Barhamase Ghatu are shown in the evening. The guest are also encourage to participate in the cultural dance. Chakti, Gundri, Dhakiya, Topi and seasonal vegetables are souvenir of Korikha.

How to reach :Kathmandu-Dumre is 131 km takes 4 hours by bus. Korikha is 12 kilometers from Dumre via Bandipur. From Dumre vehicle are available from Dumre to Dharmapani. One has to get off at Brahmin Bhanjyang. Korikha is a 10 minute walking distance from Bhanjyang.

Package:
Nrs. for 800 for dinner, bed and breakfast.

सम्पर्क:

कोरिखा सामुदायिक होमस्टे
कोरिखा, तनहुँ
लीलबहादुर गुरुङ–९८४६१९५०३७
पोलबहादुर गुरुङ–९८२९११८३५०

Contact:

Korikha Community Homestay
Korikha, Tanahun
Lil Bahadur Gurung-9846195037
Pol Bahadur Gurung-9829118350

BACK