तनहुँसुर
ऐतिहासिक भूमि हो–तनहुँसुर डाँडा । उहिल्यै चौबिसे शासनकालमा तनहुँको राजधानी यहीँ थियो । व्यास नगरपालिका–११ मा पर्ने तनहुँसुरमा मगर, नेवार र दलित समुदायका ४४ घर छन् ।
तनहुँसुरमा दरबारको भग्नावशेष छ । पाल्पाका राजा मणिमुकुन्द सेनका छोरा भृङ्गी सेन यहाँका पहिलो राजा बनेका थिए । उनीपछि अरु ८ राजा भए । अन्तिम राजा हरकुमार दत्त सेनले वि.सं. १८२७ देखि १८३९ सम्म शासन गरेका थिए ।
गाउँमा इतिहास सम्झाउने टुँडिखेल, गढी, हात्ती बाँध्ने ढुङ्गा, गद्दी चौतारो, ढुङगे साँघु, जारकाटे ढुङ्गा आदि छन् । त्यस्तै विष्णु, चण्डीदेवी, कालिका, भीमसेन, विन्ध्यवासिनी, भगवती र खड्गमाई मन्दिर छन् ।
प्राकृतिक हिसाबले पनि गाउँ सुन्दर छ । यहाँबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमशृङ्खला देखिन्छ । सूर्योदय, सूर्यास्तका दृश्य पनि । गाउँमुन्तिरको चुँदी भ्याली हुस्सुले ढाकिँदा ‘ह्वाइट लेक’ बन्छ ।
तनहुँसुरमा दुइटा सामुदायिक होमस्टे सञ्चालित छन् । तनहुँसुर सामुदायिक होमस्टे अन्तर्गत ८ घरमा २२ जना बस्न सक्छन् । त्यस्तै तनहुँसुर देवस्थल सामुदायिक होमस्टेका १४ घरमा ४० जना अटाउँछन् । दुवै होमस्टे वि.सं. २०७५ मा दर्ता भएका हुन् ।
होमस्टेमा आत्मीय व्यवहार र मिठो खाना पाइन्छ । पाहुनालाई साँझ कौरा, झ्याउरे र दोहोरी गीतमा मनोरञ्जन गराइन्छ ।
चकटी, ढकिया, मह, पिँडालु, तरुल, अदुवा र सुन्तला तनहुँसुरका कोसेली ।
कसरी पुग्ने: काठमाडौं–घाँसीकुवा १४६ कि.मि., बसमा ५ घण्टा । घाँसीकुवाबाट उत्तर ९ कि.मि.मा तनहुँसुर । तनहुँको सदरमुकाम दमौलीबाट तनहुँसुरका लागि गाडी छुट्छन् ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको १२०० रुपैयाँ ।
Tanahunsur
Tanahunsur Danda is a historical land. The capital of Tanahun was here during chaubise rajya. There are 44 houses of Magar, Newar and Dalit communities in Tanahunsur in Byas Municipality-11.
There are ruins of a palace in Tanahunsar. Bhringi Sen the son of King Manimukunda Sen of Palpa, became the first king here. He later became the eighth king. The last king, Harkumar Dutt Sen, ruled from 1827 BS to 1839 BS.
There are Tundikhel, Gadhi, Elephant Tying Stone, Gaddi Chautaro, Dhunge Sanghu, Jarkate Dhunga etc. in the village. Similarly, there are temples of Vishnu, Chandi Devi, Kalika, Bhimsen, Vindhyavasini, Bhagwati and Khadgamai.
Naturally, the village is beautiful. Dhaulagiri, Annapurna, Manaslu and Lamjung mountain ranges can be seen from here. Sunrise and sunset views are stunning. It looks like whilte lake when Chundi Valley below the village is covered with fog.
There are two community homestays in Tanahunsur. Under Tanahunsur Community Homestay, 22 people can stay in 8 houses. Similarly, Tanahunsur Devasthal Community Homestay can accommodate 40 people in 14 houses. Both the homestays were registered in 2019.
Homestay offers friendly hospitality and delicious food. Guests are entertained in the evenings with Kaura, Jhyaure and Dohori songs.
Chakti, Dhakiya, Honey, tuberous root, yam, ginger and Orange are souvinir of Tanahunsur.
How to reach :Kathmandu-Ghansikuwa 146 km, 5 hours by bus. Tanahunsur, 9 km north of Ghansikuwa. Vehicles leave for Tanahunsur from Damauli, the district headquarters of Tanahu.
Package:
Nrs. 1,200 for dinner, bed and breakfast.
सम्पर्क:
तनहुँसुर सामुदायिक होमस्टे | केबि थापा–९८४६०९१०३२
तनहुँसुर देवस्थल सामुदायिक होमस्टे
ज्ञानभक्त थापा–९८४६०९०२५८
तनहुँसुर, तनहुँ
Contact:
Tanahunsur Community Homestay | KB Thapa-9846091032
Tanahunsur Devasthal Community Homestay
Gyanbhakta Thapa-9846090258
Tanahunsur, Tanahun