टुटेपानी
टुटेपानी सुन्दर गुरुङ गाउँ हो । भानु नगरपालिका–१३ तनहुँमा पर्ने गाउँ (१,२७५ मिटर) मा ३२ घर छन् । कृषिमा निर्भर टुटेपानी ग्रामीण पर्यटनधामका रूपमा विकसित भएको छ ।
गाउँबाट अन्नपूर्ण, हिमचुली, माछापुच्छे«देखि लमजुङ हिमालसम्म देखिन्छ । यहाँका सिद्ध गुफा, दर्गा जामे मस्जिद र सुनसरी डाँडा आकर्षक छन् । डाँडामा सहिद कृष्णबहादुर गुरुङको सालिक छ ।
त्यस्तै छिमेकी गाउँ पुलिमराङको शिरमा पनि सहिद स्मारक छ । त्यहाँ सहिदहरू लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भरत गुरुङ, धर्मध्वज गुरुङ, सर्बसिंह गुरुङ र हस्तवीर गुरुङका प्रतिमा छन् । बुद्ध शान्ति पदमार्ग, मिर्लुङकोट पदमार्ग र क्यासमिरी पदमार्गको मुख्यद्वार पनि टुटेपानी नै हो । गाउँबाट एक घन्टा हिँडेमा मिर्लुङकोट (१,६५४ मिटर) पुगिन्छ । त्यहाँ प्राचीन दरबारका भग्नावशेष, भयँरथान, बाघको खोर, रानीपोखरीलगायत सम्पदा छन् ।
गाउँमा विसं २०७२ वैशाख १२ गते होमस्टे शुभारम्भ गरिएको । अचेल १२ घरमा ६० जना बास बस्न सक्छन् । गाउँलेले सुखशान्ति मिलोस् भनेर पाहुनालाई रिपा (रक्षाबन्धन) बाँधिदिने चलन छ ।
सांस्कृतिक स्वाद चाख्न चाहने पाहुनालाई कौरा, पाउँदुरे (कृष्णचरित्र), लोकगीत, चुड्का र घाटुलगायत देखाइन्छ ।
कोदोको रक्सी, पिठो, गुन्द्रुक, मौसमअनुसार तरकारी, तोरी, मस्याङ, भट्मास आदि टुटेपानीको कोसेली ।
कसरी पुग्ने: काठमाडौं–दमौली १५३ कि.मि. । पृथ्वीराजमार्गको डुम्रे र दमौलीबाट टुटेपानी जाने ३ वटा सडक छन् । दमौलीबाट छापथोक–गौरीस्वाँरा–पोखेरीछाप हुँदै टुटेपानी २४ कि.मि. । त्यसैगरी दमौली–कलेस्ती, समजुर–पोखरीछाप–टुटेपानी २२ कि.मि. र डुम्रे–सेपा बगैंचा–समजुर–पोखरीछाप–टुटेपानी २५ कि.मि. । दमौली र डुमे्रबाट टुटेपानी जाने बस छुट्छन् ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ९०० रुपैयाँ ।
Tutepani
Tutepani is a beautiful Gurung village at 1275 meters above the sea level. There are 32 houses in the village of Bhanu Municipality-13, Tanahun district. Tutepani village is dependent on agriculture, now has been developed as a rural tourist destination.
Annapurna, Himachuli, Machhapuchhre to Lamjung Himal can be seen from the village. The Siddha Cave, Dargah Jame Masjid and Sunsari Danda are attractive. There is a statue of Martyr Krishna Bahadur Gurung on the hill. Similarly, there is a martyr’s memorial at top of the neighboring village of Pulimarang.
There are statues of martyrs Lal Dhwaj Gurung, Shamsher Bahadur Gurung, Bharat Gurung, Dharmadhwaj Gurung, Sarbasingh Gurung and Hastabir Gurung.
Tutepani is also the main entrance to Buddha Shanti trail, Mirlungkot trail and Kyashmiri trail. An hour’s walk from the village reaches Mirlungkot (1,654 meters). There are ruins of ancient palaces, Bhayarthan, tiger cage, Ranipokhari and other heritages.
Homestay was inaugurated in the village on April 25, 2015. Around 60 persons can be accommodated in 12 houses. It is a tradition of the villagers to tie Ripa (Rakshabandhan) to the guests so peace and harmony may prevail.
Guests who are interested in cultural taste are shown with Kaura, Paundure (Krishnacharitra), folk songs, Chudka and Ghatu performance.
Millet raksi, flours, gundruk, pulses, soybeans and seasonal vegetable etc. are souvenirs of Tutepani.
How to reach :Kathmandu-Damauli is 153 km.Tutepani is towards north from Damauli town. There are three roads from Dumre and Damauli to Tutepani on the Prithvi Highway. Tutepani is 24 km from Damauli via Chhapathok-Gauriswara-Pokharichhap. Similarly, Damauli-Kalesti, Samjur-Pokharichhap-Tutepani 22 km and Dumre-Sepa Bagaincha-Samjur-Pokharichhap-Tutepani 25 km. Bus service to Tutepani from Damauli and Dumre are available.
Package:
Nrs. 900 for dinner, bed and breakfast.
सम्पर्क:
टुटेपानी सामुदायिक होमस्टे
टुटेपानी, तनहुँ
होमबहादुर गुरुङ–९८०६७५९३६३
अमर गुरुङ–९८४६२९६३८२
Contact:
Tutepani Community Homestay
Tutepani , Tanahun
Hom Bahadur Gurng- 9806759363
Amar Gurung- 9846296382