करादिप
मगर जीवनशैलीको सुवास मग्मगाउने गाउँ हो–करादिप (६५० मिटर) । देवघाट गाउँपालिका–२, तनहुँमा पर्ने यो गाउँमा मगर समुदायका २० घर छन् । गोरखाबाट पन्ध्र सय वर्षअगाडि उनीहरूका पुर्खा यहाँ आएको इतिहास छ ।
बस्ती बसाल्ने बेलामा तिनै पुर्खाले रोपेको कटहरको रुख छँदैछ । रुख नजिकै रोधी घर बनाइएको छ । यहाँ खेतीपाती र पशुपालनका दृश्य सामान्य हुन् । यसबाहेक गाउँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दर्शन मिल्छ । साथै नागबेली बग्ने काली नदी, छरछरे झरना, फलफूल बगैंचालगायतका सुन्दर दृश्य देखिन्छन् ।
गाउँ आफैंमा खुला सङ्ग्रहालय हो । यहाँ पुराना भाँडावर्तन, बाजागाजा र काष्ठकलाका सामान छन् । गाउँलेहरू मेहनती र इमान्दार छन् । उनीहरू श्रममा विश्वास गर्छन् । ‘अतिथि देवो भवः’को मर्म बुझेका छन् ।
करादिपमा ग्रामीण पर्यटनको फूल फक्रिँदै छ । वि.सं २०७४ सालदेखि यहाँका १८ घरमा सामुदायिक होमस्टेको अभ्यास हुँदै आएको छ । यहाँ एकै पटक ६० जना बास बस्न सक्छन् । पाहुनालाई स्थानीय परिकार खुवाइन्छ । यहाँको मगर संस्कृति मौलिक छ । साँझ पाहुनाको मागअनुसार मादलुको तालमा कौरा, झ्याउरे र सालैजो भाकामा रमझम चल्छ ।
लोकल रक्सी, लोकल कुखुरा, मासको बारा, काउलीलगायत मौसमी तरकारी करादिपका कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–मुगलिन–दासढुङ्गा १३२ कि.मि., बसमा ३.५ घण्टा । दासढुङ्गा–करादिप ३४ कि.मि. । अथवा काठमाडौँ–दमौली १५३ कि.मि, बसमा ५ घण्टा । दमौलीको गणेशमान चोकबाट ३४ कि.मि.मा करादिप ।
प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको १२०० रुपैयाँ ।
Karadip
Karadip (650 m) is a village where the fragrance of the Magar lifestyle prevails. There are 20 houses of Magar community in this village located in Devghat rural municipality-2, Tanahun. There is a history of their ancestors migrating here from Gorkha fifteen hundred years ago.
here is a jackfruit tree planted by their ancestors during their early settlement. A barricaded house has been built near the tree. Scenes of farming and animal husbandry are common here. Additionally, village offers views of Machhapuchhre and Annapurna Himal. There are also beautiful views of the serpentine Kali River, chhahare waterfalls, and orchards.
The village itself is an open museum. There are ancient pottery, musical instrument and woodwork. The villagers are hardworking and honest. They have understood the essence of ‘Atithi Devo Bhavah.’
Local liquor, local chicken, masako bara, cauliflower and other seasonal vegetables can be taken as souvenir.
How to reach: Kathmandu-Muglin-Dasdhunga is 132 km, 3.5 hours by bus. Dasdhunga-Karadip is 34 km. Alternatively, Kathmandu-Damauli is 153 km, 5 hours by bus. Karadip, 34 km from Ganeshman Chowk, Damauli.
Package:
Nrs. 1,200 for dinner, bed, breakfast and lunch.
सम्पर्क:
करादिप सामुदायिक होमस्टे
करादिप, तनहुँ
यमबहादुर मगर– ९८११२७०८१४
गोमबहादुर मगर– ९८४६७१३९०४
Contact:
Karadip Community Homestay
Karadip, Tanahun
Yama Bahadur Magar- 9811270814
Gom Bahadur Magar- 9846713904