मराङ
उपल्लो मुस्ताङको ल्हो घेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्दछ मराङ गाउँ । गुरुङ समुदायको बसोबास भएको गाउँमा ४९ घर छन् । आठौँ शताब्दीमा बनाइएको प्राचीन ‘घर गुम्बा’को काखमा बसेका छ मराङ (३,७०० मिटर) ।
चिसो मरुभूमिका रुपमा चिनिन्छ लोमन्थाङ पदमार्गमा पर्ने यो गाउँ । नाङ्गा डाँडाहरूले घेरिएको गाउँमा हेर्न, बुझ्न र सिक्नलायक धेरै कुरा छन् । घर गुम्बा, गोलाखा गुफा, लाङ्बोछे डाँडा, ट्रेसर गुफा, ङग्री पेनचेन फुट प्रिन्ट एण्ड गुफा, स्याउ बगैँचा, गासे फु यहाँका आकर्षण हुन् । गाउँबाट दुई घण्टा पदयात्रामा पुगिने लाङ्बोछेबाट मुस्ताङका धेरै भूभाग देखिन्छ ।
हिमाली भूगोल भएकाले यहाँका बासिन्दा मङ्सिरदेखि फागुनसम्म जाडो छल्न, पोखरा वा काठमाडौँ झर्छन् । त्यसैले चैतदेखि कात्तिक महिनासम्म मराङ यात्रा उपयुक्त हुन्छ । विदेशीहरू जोमसोमबाट पदयात्रा गर्छन् । अचेल मराङ गाउँसम्मै सडक खुलेको छ । जिपमा सरर जान सकिन्छ ।
मराङ गाउँमा वि.सं. २०७५ देखि सामुदायिक होमस्टे सुरु गरिएको छ । यहाँका ५ घरमा २० जना बास बस्न सक्छन् । होमस्टेको भान्छामा दालभात मात्र होइन, हिमाली परिकार पनि पाक्छ । होमस्टेमा बसेर हिमाली संस्कृति अध्ययन गर्न सकिन्छ । गुम्बामा ध्यानमा बस्न मिल्छ ।
स्याउ, तोरीको तेल, फापरको पिठो, जिम्बु, स्याउ आदि मराङका कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–बेनी २८२ कि.मि, बसमा ९ घण्टा । बेनी–जोमसोम ७४ कि.मि. । अथवा, पोखरा–जोमसोम १६ मिनेट हवाई यात्रा । जोमसोम– मराङ ३.५ घण्टा जिप यात्रा ।
प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको ११०० रुपैयाँ ।
Marang
Marang village belongs to Lho Ghekar Damodarkund Rural Municipality-1 in the upper Mustang region. There are 49 houses in the village inhabited by the Gurung community.
Marang (3,700 m) sits in the lap of the ancient ‘Ghar Gumba’ built in the 8th century.
This village in the Lo-Manthang trail is known as the cold Desert. Surrounded by bare mountains, there are much to see, understand, and learn. Ghar gumba, Golakha cave, Langboche danda, Tesar cave, Ngagri Penchen foot print and cave, Apple garden, Gase fu are the attractions of village. Many parts of Mustang can be seen from Langbochhe, which is a two-hour walk from the village.
Due to its mountainous terrain, its inhabitants flock to Pokhara or Kathmandu from November to February to avoid winter. Therefore, Marang journey is suitable from April to November. Foreign tourist treks from Jomsom. Currently, the road to Marang village is open, you travel by jeep.
Community Homestay has been started since 2018 in Marang village. It can accommodate 20 people in 5 houses. Himalayan dishes are prepared in the homestay. Mountain culture can be studied in a homestay. You can meditate in the monastery.
Apples, mustard oil, buckwheat flour, jimbo can be taken as souvenir from the village.
How to reach: Kathmandu-Beni 282 km, 9 hours by bus. Beni-Jomsom 74 km . Or Pokhara-Jomsom 16 minute flight. Jomsom – Marang 3.5 hour jeep journey.
Package:
Nrs 1100 for dinner, bed, breakfast and lunch.
सम्पर्क:
मराङ सामुदायिक होमस्टे
मराङ, मुस्ताङ
नोर्चुङ गुरुङ– ९८५१००६४१०
कुङ्गा तेन्जिङ गुरुङ– ९८४९६३४४६७
Contact:
Marang Community Homestay
Marang, Mustang
Norchung Gurung- 9851006410
Kunga Tenzing Gurung- 9849634467