Tachai गाउँ

ताचै
लार्केपास पदमार्गमा पर्ने मनाङ जिल्लाको एउटा सुन्दर गाउँ हो ताचै (२३७५ मिटर) । नासोँ गाउँपालिका–८, मा अवस्थित गाउँमा घले, गुरुङ, दलित, थकाली र लामाका ६३ घर छन् ।
गुरुङ भाषाको शब्द ‘ता’को अर्थ फर्केर हुन्छ भने ‘चै’को अर्थ बसोबास । त्यसैले ताचै भन्नाले तलबाट फर्केर आएर बस्ती बसेको गाउँ भन्ने बुझिन्छ । यहाँका तो मन्दिर, रेस गुम्बा, लङ्गदेवी मन्दिर, सिंकु छहरा, थोङग्रो पो छहरा, प्राचीन चैत्य, सातकन्या मन्दिर, तातोपानी धारा, भिरमौरीलगायत सम्पदा पर्यटकीय आकर्षण हुन् ।
गाउँबाट अन्नपूर्ण र मनास्लु हिमाल देखिन्छ । मनास्लु सर्किट पदयात्रामा लार्केपास गरेर भिमथाङमा बास बसेपछि तिल्चेबाट वैकल्पिक पदमार्ग हुँदै ताचैमा एक रात बसेर अर्को दिन धारापानी भएर काठमाडौं फर्कन वा थोराङपास गर्न सकिन्छ । ताचै हुँदै नार्पाभूमि पदयात्रा पनि गर्न मिल्छ ।
गाउँमा वि.सं. २०७५ देखि सामुदायिक होमस्टे शुभारम्भ गरिएको छ । यहाँका २६ घरमा १२० जना बास बस्न सक्छन् । होमस्टेमा मिठो खाना र न्यानो माया पाइन्छ । पाहुनाको चाहनाअनुसार साँझ गाउँका युवा र आमा समूहले लोकनृत्यका साथमा कृष्णचरित्र नाच देखाउँछन् ।
स्याउ, आलु, सिमीलगायत खानेकुरा र डोको, नाम्लो, खुर्पेटो आदि सजावटका सामान ताचैका कोसेली ।

कसरी पुग्ने: काठमाडैँं–बेसीसहर १७२ कि.मि., बसमा ५ घन्टा । अथवा काठमाडैँं–पोखरा २५ मिनेट हवाई यात्रा । पोखरा–बेसीसहर ११० कि.मि. । बेसीसहर–धारापानी ४५ कि.मि. । धारापानी–ताचै १ घण्टा पदयात्रा ।

प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको १००० रुपैयाँ ।

Tachai
Tachai (2375 m) is a beautiful village in the Manang district along the Larkepass trekking trail. There are 63 houses of Ghale, Gurung, Dalit, Thakali and Lama in the village located in Naso Rural Municipality-8.

The word ‘ta’ means return and ‘chai’ means settlement in  Gurung language. Therefore, Tachai means a village that has form after coming back from below and settled down. The To temples, Resh Gumba, Langdevi Temple, Sinku waterfall, Thongro Po waterfall, Ancient Chaitya, Satkanya Temple, Tatopani Dhara, wild honey and other heritages are main attractions here.

Annapurna and Manaslu mountains can be seen from the village. After passing Larkepass on the Manaslu Circuit trek and staying at Bhimthang, you can take an alternative trail from Tilche to Tachai for one night and return to Kathmandu the next day via  Dharapani or Thorang Pass. You can also continue trek through Narpabhumi.

A Community Homestay has been launched since 2018. It can accommodate 120 people in 26 houses. Homestay offers delicious food and warm love. As per guests preference in the evening, the youth and women group performs Krishna charitra dance along with folk dances.
Apples, potatoes, beans and other food items and decorations such as bamboo basket (doko), namlo, khurpeto etc. are souvenirs of the village.

How to reach: Kathmandu-Bensisahar 172 km, 5 hours by bus. Or Kathmandu-Pokhara 25 minute flight. Pokhara-Beshishahar  is110 km. . Bensisahar-Dharapani 45 km.  Dharapani-Tachai 1 hour trek.

Package:
Nrs. 1000 for dinner, bed, breakfast and lunch.

सम्पर्क:

ताचै सामुदायिक होमस्टे
ताचै, मनाङ
याद घले– ९८५६०४९७७७
देवीजङ गुरुङ– ९८४६७३४३७६

Contact:

Tachai Community Homestay
Tachai, Manang
Yaad Ghale- 9856049777
Devijang Gurung- 9846734376

BACK