लामीचौर
मिश्रित जातजातिको सुन्दर फूलबारी हो–लामीचौर गाउँ (१५० मिटर) । कावासोती नगरपालिका–७ नवलपुरको एउटा सुन्दर बस्ती । यहाँ थारु, बोटे, मुसहर, मगर, क्षेत्री, बाहुन र नेवारका २०० घर छन् । सबै मिलेर बसेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाउँमा बसेर वाइल्ड लाइफ अवलोकन गर्न सकिन्छ । जिप सफारी, बर्ड वाचिङ, भिलेज वाकलगायत गतिविधिमा रमाउन सकिन्छ । यहाँको बाँडखोलामा माछा मार्ने सुविधा छ । गाउँमा गल्फ कोर्स पनि बन्दै छ ।
माइस टुरिजमका लागि पनि गाउँ आकर्षक छ । यहाँ ४० जनाको बैठक कक्ष र ४ सय जना क्षमताको बैठक हलको सुविधा छ । लामिचौरमा बसेर सेरोफेरोका शाश्वतधाम र त्रिवेणीधाम घुमफिर गर्न सकिन्छ ।
गाउँलेको आम्दानीको मुख्य आधार कृषि हो । यहाँ खेतीपाती गरेका र पशुपालन गरेका दृश्यावलोकन गर्न पाइन्छ । इच्छाअनुसार कृषिकर्ममा हातेमालो गर्न सकिन्छ ।
लामीचौरमा वि.सं. २०७७ देखि सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । थारु, मुसहर र बाहुनका १४ घरमा ५६ बेड छन् । सबै कोठामा एसी सुविधा छ । पाहुनालाई आत्मीय वातावरणमा टिपिकल परिकार खुवाइन्छ ।
गाउँमा थियटर हल बनाइएको छ । गाउँका युवालाई तालिम दिएर मुलुकका सबै जातजातिको संस्कृति प्रदर्शन गर्ने तयारी भैरहेको छ ।
थरिथरिका अचार, गुन्द्रुक, मस्यौरा, भेडाको प्याकिङ मासु, अनदीको चामल र मौसमी तरकारी लामीचौरका कोसेली ।
कसरी पुग्ने ः काठमाडौंँ–नारायणगढ १३८ कि.मि., बसमा ४ घन्टा । अथवा, काठमाडौं–भरतपुर १८ मिनेट हवाई यात्रा । नारायणगढ–कावासोती ३२ कि.मि.। कावासोतीबाट ३ कि.मि. दक्षिणमा लामीचौर ।
प्याकेज:
लन्च, डिनर, बेड र ब्रेकफास्टको १६०० रुपैयाँ ।
Lamichaur
Lamichaur village is beautiful garden of mix caste in the Kawasoti Municipality-7. It is beautiful settlement of Nawalpur. There are 200 houses of Tharu, Bote, Musahar, Magar, Chhetri, Bahun and Newar living together in harmony.
Wildlife can be observed from a village located in the buffer zone of Chitwan National Park. One can enjoy activities including jeep safari, bird watching, village walk. There is a fishing facility in Bandkhola. There is also a purposed golf course in the village.
The village is also appropriate for MICE tourism. There is a meeting room for 40 people and a meeting hall with a capacity of 400 people. From Lamichaur, one can visit surrounding area of Shaswat Dham and Trivenidham.
Agriculture is the main source of income for the villagers. One can see the landscapes of farming and animal husbandry. Interested guest can participate in agriculture activities.
Community Homestay has been in operation since 2019. There are 56 beds in 14 houses of Tharu, Musahar and Bahun communities . All rooms have AC facilities. The guests are served typical dishes in a friendly atmosphere.
A theater hall has been built in the village. Preparations are underway to showcase the culture of all castes of the country by training the youth.
Various pickles, gundruk, masyaura, lamb packing meat, Anadi rice and seasonal vegetables can be taken as souvenir from Lamichaur.
How to reach: Kathmandu-Narayangarh is 138 km takes 4 hours by bus. Or, Kathmandu-Bharatpur is 18 minute flight. Narayangarh-Kawasoti is 32 km. It is 3 km away from Kawasoti Lamichaur in the south.
Package:
NRs 1,600 for lunch, dinner, bed and breakfast.
सम्पर्क:
लामीचौर सामुदायिक होमस्टे
लामीचौर, नवलपुर
जीवनराज सापकोटा– ९८५७०४०२७७
डोलराज चापागाईं– ९८६६०७०८३५
Contact:
Lamichaur Community Homestay
Lamichaur, Nawalpur
Jeevan Raj Sapkota- 9857040277
Dolaraj Chapagain- 9866070835