भकुन्डे
बागलुङ बजारबाट दक्षिणपट्टि रहेको भकुन्डे रमणीय पहाडी गाउँ हो । बागलुङ नगरपालिका–१० मा पर्ने यस गाउँमा बाहुन, क्षेत्री, दलित र मगर समुदायका ८०० घर छन् । गाउँलेहरू मेहनती र फरासिला छन् ।
ग्रामीण जीवनशैलीमा बाँचेको भकुन्डे (१,८०० मिटर)मा प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा छन् । भैरबस्थान र बराह ताल छ । तालमा डुङ्गा चढ्ने सुविधा छ । हाइकिङका लागि भकुन्डे उपयुक्त हुन्छ । गाउँबाट २५ मिनेट उकालो चढेमा भ्यु टावर (२५,००० मिटर) पुगिन्छ । टावरबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छे«सहित २२ वटा हिमालको दर्शन गर्न सकिन्छ । साथै बागलुङ, पर्वत र म्याग्दीका सदरमुकाम पनि ।
वैदेशिक रोजगारी, कृषि र पर्यटन यहाँको आम्दानीको आधार । गाउँमा नेपाल पर्यटन वर्ष २०११ देखि सामुदायिक होमस्टेको अभ्यास गरिँदै आएको छ । यहाँ मगरका ११ घरमा पाहुनाका लागि ४५ वेड सुविधा छ । साँझ सांस्कृतिक कार्यक्रममा सालैजो, यानिमाया, झ्याउरेलगायत नाचगान गरिन्छ । नौमती बाजाको तालमा नाच्न पाइन्छ । भकुन्डेमा बसेर सेरोफेरोका बागलुङ कालिका, पञ्चकोट, गाजा दह, बागलुङ बजार घुम्न सकिन्छ ।
ढाका कपडा, मकै, गुन्द्रुक, आलु, सिन्की र मौसमी तरकारी भकुन्डेका कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–पोखरा २०० कि.मि.। बसमा ६ घण्टा अथवा हवाई यात्रा २५ मिनेट । पोखरा–बागलुङ ७२ कि.मि. । बागलुङ बजारबाट १३ कि.मि.मा भकुन्डे । बागलुङ बजारमा पाइन्छ भकुन्डे जाने जिप ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्ट ५०० रुपैयाँ ।
Bhakunde
Bhakunde is a picturesque mountain village situated towards the south of Baglung Bazaar. There are 800 houses of Bahun, Chhetri, Dalit and Magar communities in this village of Baglung Municipality-10. The villagers are hardworking and open-hearted.
Bhakunde (1,800 m) has a rural lifestyle, natural, cultural and religious heritage. There is Bhairabsthan and Barah Lake with boat facility in the lake. Bhakunde is suitable for hiking. A 25-minute ascent from the village leads to the View Tower (25,00 meters). From the tower, one can observes 22 mountains including Dhaulagiri, Annapurna, Machhapuchhre mountain ranges including the headquarters of Baglung, Parbat and Myagdi.
Foreign employment, agriculture and tourism are the main sources of income in the village. Community homestay has been practiced in the village since Nepal Tourism Year 2011. There are 45 bed facilities in 11 houses of Magar communities. Cultural program like Salaijo, Yanimaya, Jhaure and other dances are performed in the evening. Dances are performed in the Naumati Baja tunes. Dhaka cloth, maize, gundruk, potato, sinki and seasonal vegetables are souvenir of the village.
How to reach : Kathmandu-Pokhara is 200 km takes 6 hours by bus or 25 minutes by air travel. Pokhara-Baglung is 72 km and Bhakunde 13 km from Baglung Bazaar. A jeep to Bhakunde is available from Baglung Bazaar.
Package:
Dinner, bed and breakfast cost 500 rupees .
सम्पर्क:
अतिथि सत्कार सामुदायिक होमस्टे
भकुन्डे, बागलुङ
खिमबहादुर थापा–९८४७६२८४९०
मुना थापा–९८४७६६८८२४
Contact:
Hospitality Community Homestay
Bhakunde, Baglung
Khim Bahadur Thapa-9847628490
Muna Thapa-9847668824