भैँसेगौँडा
सहस्राब्दी पदमार्गमा पर्ने पहाडी गाउँ हो–भैँसेगौँडा (१,५५० मिटर) । पुतली बजार नगरपालिका–२, स्याङ्जाको यस गाउँमा गुरुङ, गिरी, भुजेल र दलित समुदायका ४३ घर छन् । यहाँ प्रकृतिको काखमा बसेर योग तथा ध्यान गर्न सकिन्छ ।
ग्रामीण जीवनशैलीमा बाँचेको यस गाउँमा रमाउने धेरै कुरा छन् । दुध दुहेका, मोही पारेका, ढिकीजाँतो गरेका दृश्य देखिन्छन् । हिमालय दर्शनका लागि समेत गाउँ उपयुक्त छ । यहाँबाट धौलागिरि, माछापुच्छे« र अन्नपूर्ण हिमालको लर्कन देखिन्छ ।
बर्ड वाचिङका लागि पनि भैँसेगौँडा चर्चित छ । यहाँका दुइटा सामुदायिक वनमा सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । साथमा जङ्गली जनावर, जडीबुटी र फलफूल पनि । लालीगुराँसको ठूलो जङ्गल उस्तै मनमोहक छ ।
गाउँमा अष्टे«लियन कटुस मेकाँडोनियाँको खेती गरिएको छ । गाउँमा रोल बराह मन्दिर पनि छ ।
कृषि र वैदेशिक रोजगारी गाउँलेको आम्दानीका माध्यम हुन् । गाउँमा सामुदायिक होमस्टे सञ्चालित छ । गुरुङका ५ घर र एक सामुदायिक भवनमा एकै पटक ४० जना पाहुना बास बस्न सक्छन् । वि.सं. २०७५ मा शुभारम्भ गरिएको होमस्टेमा आत्मीयता, मिठो खाना र पारिवारिक वातावरण पाइन्छ ।
गाउँमा सांस्कृतिक रमझम हुन्छ । पाहुनाको मागअनुसार पन्चै बाजा, झ्याउरे र लोकदोहोरीमा नाचगान गरिन्छ ।
गुन्द्रुक, भट्मास, अडहर, मौसमी तरकारी र फलफूल भैँसेगौँडाका कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–पोखरा २०० कि.मि, बसमा ६ घण्टा, अथवा हवाई यात्रा २५ मिनेट । पोखरा–स्याङ्जा बजार ३५ कि.मि । स्याङ्जा बजार–भैँसेगौँडा ११ कि.मि । स्याङ्जाबाट गाउँसम्मै जिप चल्छन् ।
प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको १३०० रुपैयाँ ।
Bhaisegauda
Bhaisegaunda (1,550 m) is a hilly village lies on the Millennium trek. There are 43 houses of Gurung, Giri, Bhujel and Dalit communities in the village of Putali Bazaar Municipality-2, Syangja. One can practice yoga and meditation sitting in the lap of nature.
There is so much to enjoy in this rural lifestyle. Scenes of milking, traditional threshing mill can be sighted . The village is also suitable for Himalayan view. The ranges of Dhaulagiri, Machhapuchhre and Annapurna Himal can be seen.
The village is also famous for bird watching. More than 100 species of birds are found in the two community forests. The region has wild animals, herbs, fruits and large rhododendron forest.
Australian hazelnut is cultivated in the village. There is also a Rol Barah temple in the village.
Agriculture and foreign employment are the main sources of income for the villagers. There is a community homestay in the village. Gurung Five household of Gurung communities with one community building can accommodate 40 guests at a time. Homestay was launched in 2019, Homestay offers cordial, delicious food in a family atmosphere.
The village is full of cultural amusement. Cultural dances are performed in Panchai Baja, Jhyaure and Lok Dohori.
Gundruk, Soyabean, Seasonal Vegetables and Fruits are souvenir from the village.
How to reach: Kathmandu-Pokhara is 200 km takes 6 hours by bus, or 25 minutes by air. Pokhara-Syangja Bazaar is 35 km. Syangja Bazaar-Bhainsegonda is 11 km. Jeep service is operated from Syangja bazar to the village.
Package:
Nrs. 1300 for dinner, bed, breakfast and lunch.
सम्पर्क:
मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे
भैँसेगौँडा, स्याङ्जा
बालकुमार गुरुङ–९८५६०५२५१९
सदीप गुरुङ–९८०५१११५५६
Contact:
Millennium Bhaisegauda Community Homestay
Bhainsegauda, Syangja
Bal Kumar Gurung-9856052519
Sadip Gurung-9805111556