Bhujung गाउँ

भुजुङ
एउटा घना बस्ती हो–भुजुङ । क्होंलासोंथर गाउँपालिका–४, लमजुङको पहाडी गाउँमा गुरुङ र दलित समुदायका ३७५ घर छन् । गुरुङ सम्पदा मार्गमा पर्ने गाउँ (१,६४२ मिटर)मा झुरुप्प बस्ती छ ।
प्रकृतिको काखमा बसेको गाउँबाट लमजुङ हिमालको सुन्दर दृश्य देखिन्छ । ग्रामीण जीवनशैली, झरना, रोप वे, चिया बगान, सन्तानेश्वर, गुरुङ सङ्ग्रहालय, भीर माहुरीका घार, भेडीगोठ र गुरुङ संस्कृति यहाँका आकर्षण हुन् ।
गाउँमा राडीपाखी बुनेका, खेतीपाती गरेका, ढिकीजाँतो चलाएका, दुध दुहेका दृश्य देख्न पाइन्छ । नजिकै मिदिम खोलामा माछा मार्न र पौडी खेल्न सकिन्छ । साथै सङ्ग्रहालयमा गुरुङ समुदायको जन्मदेखि मृत्युसम्म झल्काउने सामान राखिएका छन् ।
भुजुङ गाउँको सेरोफेरोमा घलेगाउँ, घनपोखरा र पसगाउँलगायत ग्रामीण बस्ती छन् ।
भुजुङ डुल्दा मनमा शान्ति छाउँछ । ऊर्जा बढ्छ । यहाँ वि.सं. २०६३ देखि होमस्टे पर्यटनको अभ्यास हुँदै आएको छ । अचेल गुरुङका २९ घरमा १५० जना बस्न सक्छन् । होमस्टेमा अर्गानिक परिकार खुवाइन्छ । साथमा आत्मीय व्यवहार पाइन्छ ।
पाहुनाको मागअनुसार साँझ घाँटु, सेर्गा र कृष्णचरित्र लगायत सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
राडीपाखी, डोको, डालो, स्याखु, चिया र मौसमी तरकारी भुजुङका कोसेली ।

कसरी पुग्ने: काठमाण्डौं–बेसिसहर १७२ कि.मि., बसमा ५ घण्टा । बेसीसहर–घलेगाउँ–भुजुङ–३२ कि.मि. । बेसिसहरबाट भुजुङका लागि जिप छुट्छन् ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ५५० रुपैयाँ ।

Bhujung
Bhujung is a dense settlement village in Kholasothar rural municipality-4 in Lamjung district. The mountain village has 375 houses of Gurung and Dalit communities. Closely-packed houses village lies at an elevation of 1642 meter altitude in the Gurung Heritage trekking trail.
Seating on the lap of nature, stunning view of Lamjung himal is witnessed. Rural lifestyles, waterfall, rope way, tea garden, Santaneshwor, Gurung museum, wild honey hive, sheepfold and Gurung cultures are main attractions.
Weaving of woolen mattress(radipakhi), farming, Dhiki jato, milking can be witnessed in the village. Fishing and swimming can be done in Midim river.
The museum has artefacts that reflect the Gurung community from birth to death.
There are rural villages of Ghalegaon, Ghanpokhara and Pasagau nearby Bhujung.
Peace of mind and energy is received while roaming around the village. Homestay came into operation since 2007. There are 29 gurung houses that can host 150 guests at a time. Organice dishes are served with friendly hospitability.
Cultural programs like Ghantu, serga, Krishna charitra are perform in the evening.
Woolen mattress(radi pakhi), bamboo basket, syakhu, tea and seasonal vegetable are souvenirs of Bhujung.

How to reach : Kathmandu to Besisahar 172 km, 5 hours bus drive. Besisahar to Bhujung 32 km. there is regular jeep service from Besisahar.

Package:
Dinner, bed and breakfast is Nrs. 550

सम्पर्क:

भुजुङ सामुदायिक होमस्टे
भुजुङ, लमजुङ
तुलबहादुर गुरुङ–९८५६०४६२४५
पित्रमान गुरुङ–९८४६७०९९३४

Contact:

Bhujung Community Homestay
Bhujung, Lamjung
Tulbahadur Gurung- 9856046245
Pitraman Gurung- 9846709934

BACK