भुकदेउराली
पोखरा–बागलुङ सडकखण्डको नयाँपुलदेखि उत्तरपश्चिममा पर्दछ भुकदेउराली गाउँ । मोदी गाउँपालिका–१, पर्वतमा पर्ने यो गाउँ (१,७९०मिटर)मा ३८ घरधुरी छन् । यहाँ विशेषतः गुरुङ र दलित समुदायको बसोबास छ ।
खानेपानी, सडक र सार्वजनिक शौचालय सहितको नमुना गाउँ भुकदेउरालीमा पर्यटनको प्रशस्तै सम्भावना छ । ग्रामीण जीवनशैली, चमडाँडा, फलाटे, भमरकोट मन्दिर, हनि हण्टिङ, लामकोले गुम्बा, किबुको झरना र गुरुङ संस्कृति यहाँका आकर्षण हुन् ।
गाउँबाट अन्नपूर्ण साउथ हिमाल झलमल्ल देखिन्छ । नजिकका डाँडापाखामा चढेमा अन्नपूर्णशृङ्खलाका अन्य हिमाल पनि दर्शन गर्न पाइन्छ । ध्यान र योगका लागि समेत भुकदेउराली उपयुक्त गन्तव्य बन्न सक्छ ।
गाउँमा विसं २०७० सालबाट होमस्टे सञ्चालन हुँदै आएकामा वि.सं. २०७५ मङ्सिर २३ गते स्थानीय गाउँपालिकामा दर्ता गरिएको छ । गुरुङका १० घरमा ६४ जना बास बस्ने सुविधा छ । होमस्टेमा अर्गानिक परिकार पाक्छ । पाहुनालाई भटमास गुन्द्रुक, टिमुर, सिस्नु, ढिँडो आदि खुवाइन्छ ।
पाहुनाको मागअनुसार गुरुङ समुदायको ठाडो भाका, सालैजो, घाटुनाच, दमाई जातिको नौमती बाजाले सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
अलैंची, भटमास, टिमुर, लसुन, भाँगो, मह, जंगली च्याउ र मौसमी फलफलु भुकदेउरालीको कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–पोखरा २०० कि.मि., बसमा ६ घन्टा अथवा हवाई यात्रा २५ मिनेट । पोखरा–नयाँपुल ३९ कि.मि., बसमा २ घण्टा । नयाँपुल–भुकदेउराली ११ कि.मि., जिपमा डेढ घण्टा । नयाँपुलबाट छुट्छन् भुक देउराली पुग्ने जिप ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ७५० रुपैयाँ ।
Bhukadeurali
Bhukadeurali village (1,790m) lies to the northwest of Nayapul along Pokhara-Baglung highway. There are 38 households in Modi Rural Municipality-1, Parbat district. It is mainly inhabited by Gurung and Dalit communities.
There is abundant of tourism potential in Bhukadeurali. Known as a model village, it is facilitated with drinking water, roads and public toilets. Chamdanda, Falate, Bhamrakot temple, Honey Hunting, Lamkole Gumba, Kibu’s waterfall with Gurung culture and rural lifestyles are the major attractions of the village.
Annapurna South Himal can be seen from the village. Other mountains in the Annapurna range can also be observed from nearby hills. Bhukadeurali can be an appropriate destination for meditation and yoga too.
Homestay has been operating in the village since 2014. It has been registered in the rural municipality on December 9, 2018. Gurung homes has capacity to accommodate 64 people in 10 houses overnight. Organic dishes are cooked in the homestay. Guests are served with dhido, soyabean, gundruk, pepper, nettle soup etc.
As per guest’s requirement Gurung community performs Thado Bhaka, Salaijo, Ghatu nach and Naumati Baja.
Souvenir includes Cardamom, Soybean, Pepper, Garlic, Honey, Wild Mushrooms and Seasonal Fruits.
How to reach :Kathmandu-Pokhara is 200 km can be reached in 6 hours by bus or 25 minutes by air. Pokhara-Nayapul is 39 km takes 2 hours by bus. Nayapul-Bhukadeurali 11 km, one and a half hours by jeep. Jeep service available to Nayapul.
Package:
Nrs. 750 for dinner, bed and breakfast.
सम्पर्क:
भुकदेउराली नमुना गाउँ सामुदायिक होमस्टे
भुकदेउराली, पर्वत
टेकबहादुर गुरुङ–९८४६८१०९२९
अन्तिम गुरुङ–९८१४१९१४७३
Contact:
Bhukdeurali Model Village Community Homestay
Bhukdeurali, Parbat
Tek Bahadur Gurung-9846810929
Last Gurung-9814191473