चित्रे
स्याङ्जा, कास्की र पर्वत जिल्लाको सङ्गममा पर्दछ पञ्चासे । पञ्चासे डाँडा (२,५१७ मिटर)मा बालाचतुर्दशीका दिन धार्मिक मेला लाग्छ । यहाँ सिद्ध वराह, पञ्चशील बुद्ध, कुटी, बाराही मन्दिर, पञ्चकोसी ताललगायत सम्पदा छन् । साथै जैविक विविधताको भण्डार पनि । डाँडाबाट धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, हिउँचुली, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालको लामो शृङ्खला देखिन्छ ।
सुनाखरीको राजधानी हो पञ्चासे । यसको काखमा बसेको छ चित्रे गाउँ (१,७०० मिटर) । मोदी गाउँपालिका–८ पर्वतमा अवस्थित चित्रेमा ४५७ घरधुरी छन् । गाउँमा गुरुङ, बाहुन, क्षेत्री, विश्वकर्मा, दमाई र सार्की समुदायको बसोबास छ ।
पञ्चासे पदयात्रा गर्नेहरू चित्रे हुँदै ओहोरदोहोर गर्छन् । चित्रेबाट २ घण्टा उकालो चढेमा पञ्चासेको टाकुरामा पुगिन्छ । चित्रे गाउँ आफैंमा पनि सुन्दर छ । गुम्बा, मन्दिर, ताल, सांस्कृतिक सङ्ग्रहालय यहाँका थप आकर्षण हुन् ।
पर्यटन प्रवर्द्धन गर्न गाउँमा विसं २०६७ चैत १३ गतेदेखि सामुदायिक होमस्टेको अभ्यास हुँदै आएको छ । गुरुङ समुदायका ८ घरमा ४० जना बास बस्न सक्छन् । होमस्टेमा अर्गानिक परिकार, आत्मीय व्यवहार र हँसिलो वातावण पाइन्छ । पाहुनाको मागअनुसार साँझ सामुदायिक भवनमा ठाडो भाका, सुनिमाया र नौमती बाजालगायत सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
बाँसबाट बनेका हस्तकला, गुन्द्रुक, भटमास, सगुन र मौसमी तरकारी चित्रेको कोसेली ।
कसरी पुग्ने: काठमाडौं–पोखरा २०० कि.मि., बसमा ६ घण्टा । अथवा, हवाई यात्रा २५ मिनेट । पोखरा–डिमुवा ५६ कि.मि. । डिमुवा–चित्रे ९ कि.मि. । डिमुवाबाट चित्रे गाउँका लागि जिप छुट्छ ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ७०० रुपैयाँ ।
Chitre
Panchase is at the junction of Syangja, Kaski and Parbatc districts. A religious fair is held at Panchase Danda (2,517m) on the day of Balachartudashi. Hilltop has Siddha Baraha,Panchsheel Buddha, Kuti, Barahi Temple, Panchkoshi Lake, heritages along with biodiversity center and other heritages.
A long ranges of Dhaulagiri, Annapurna, Gangapurna, Hiunchuli, Machhapuchchre, Lamjung and Manaslu Himal can be witnessed from the hilltop.
Panchase is known as the center of Orchid plants. Chitre village (1,700 m) is seated on its lap. It is located in Modi Rural municipality-8, Parbat District. There are 457 households of Gurung, Brahmin, Chhetri, Vishwakarma, Damai and Sarki communities.
Trekkers walks through this route to and fro while doing Panchase trek.
Chitre is a exquisite village, two hour uphill journey reaches hilltop of Panchase.
Other attractions of the village are monastry, temple, lake and cultural museums.
Community homestay was practiced in the village from 27th March, 2011 to develop it as pro-poor tourism model. It can accommodate 40 people in 8 Gurung community homes.
Homestay offers organic food, friendly hospitality in a cheerful atmosphere. Thado Bhaka, Sunimaya, Naumati Baja including cultural program are performed in the community hall in the evening upon guests’ preference.
Bamboo handicrafts, gundruk, soybean, sagun and seasonal vegetables can be taken back home as souvenir.
How to reach :Kathmandu-Pokhara is 200 km takes 6 hours by bus or 25 minutes by air. Pokhara-Dimuwa 56 km and Dimuwa to Chitre is 9 km. Jeeps are available from Dimuwa to Chitre village.
Package:
Nrs. 700 for dinner, bed and breakfast.
सम्पर्क:
होमस्टे व्यवस्थापन समिति
चित्रे, पर्वत
सुशीलादेवी गुरुङ–९८४७७९१९८६
बिन्दु गुरुङ–९८४७६४५४५१
Contact:
Homestay Management Committee
Chitre, Parbat
Sushiladevi Gurung-9847791986
Bindu Gurung-9847645451