दुम्सी दरै
मादी नदीको किनारमा छ दुम्सी दरै गाउँ । व्यास नगरपालिका–१०, तनहुँमा पर्ने गाउँ (३५० मिटर)मा दरै समुदायका ५० घर छन् । प्राकृतिक सौन्दर्य र दरै संस्कृतिका कारण गाउँ चर्चित बनेको छ ।
गाउँमा कृषिकर्मका साथै डोको, नाम्लो र गुन्द्री बुन्ने चलन छ । त्यसैले ग्रामीण जीवनशैली अध्ययन एवं अवलोकन गर्न सकिन्छ । त्यसबाहेक वरपरका छाँगा बाराही, सिद्ध गुफा, कालिका मन्दिर यहाँका आकर्षण हुन् । मादीमा नुहाउन र माछा मार्न पनि पाइन्छ ।
यहाँ बास बसेर दमौली सेरोफेरोका गन्तव्यमा घुमफिर गर्न सजिलो हुन्छ ।
वि.सं. २०७३ माघदेखि गाउँमा सामुदायिक होमस्टेको अभ्यास भइरहेको छ । अचेल गाउँका ६ घरमा २० जना बास बस्न सक्छन् । पाहुनालाई फूलमालासहित दरै पुलाउले स्वागत गर्ने चलन छ जुन चिकेन बिर्यानीजस्तै हुन्छ ।
होमस्टेमा आउने पाहुनाको मागअनुसार साँझ घाँटु, चुड्का, झ्याउरे, सहरा र फूलपाती नाचका सांस्कृतिक कार्यक्रम देखाइन्छ । पाहुनालाई पनि नचाइन्छ ।
गुँदको गुन्द्री, काँसको ढकिया, छत्री (टोपी), माछा राख्ने फुर्लुङ, मासको दाल दुम्सी दरै गाउँका कोसेली ।
कसरी पुग्ने: काठमाडौं–दमौली १५३ किलोमिटर, बसमा ५ घण्टा । अथवा, काठमाडौं–पोखरा २५ मिनेट हवाई यात्रा । पोखरा–दमौली ४७ कि.मि. । दमौलीबाट उत्तर ५ कि.मि.मा दुम्सी दरै गाउँ । दमौलीबाट चल्छन् दुम्सी जाने गाडी ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको १२०० रुपैयाँ ।
Dumsi Darai
Dumsi Darai (350m) village is situated on the bank of Madi river. There are 50 houses of Darai community in the village of Byas Municipality-10, Tanahun district. The village is famous for its natural beauty and Darai culture.
Along with agricultural work, there is a tradition of making bamboo basket (doko), namlo and gundri. Rural lifestyle can be explored and observed. Apart from that, Chhanga Barahi, Siddha Cave and Kalika Temple are the attractions here. Fishing and bathing activities can be done in Madi river.
It is recommended to stay here and walk around Damauli and surrounding.
The practice of community homestay has been started in the village since 2017. At present, 20 persons can be accommodated in 6 houses in the village. It is a customary to greet the guests with flowers by the villagers, which are like chicken biryani.
In the evening, cultural programs of Ghantu, Chudka, Zhaure, Sahara and Phoolpati dance are performs as per guests preference. The guests are also encourage to participate in the program.
Gundri, dhakiya, hat, furlung, pulses are souvenir of Dumsi darai village.
How to reach :Kathmandu-Damauli 153 kilometers, 5 hours by bus. Or Kathmandu-Pokhara 25 minute flight. Pokhara-Damauli 47 km. Dumsi Darai village, 5 km north of Damauli. There is vehicle services from Damauli to Dumsi .
Package:
Nrs. 1,200 for dinner, bed and breakfast.
सम्पर्क:
दुम्सी नमुनाग्राम सामुदायिक होमस्टे
दुम्सी दरै, तनहुँ
आशा दरै–९८०४१९०२७०
सोमबहादुर दरै–९८१५१८११९५
Contact:
Dumsi Namunagram Community Homestay
Dumsi Darai, Tanahun
Asha Darai-9804190270
Som Bahadur Darai-9815181195