Jhakripani गाउँ

झाँक्रीपानी
एउटा गाउँको नाम गज्जबकै छ–झाँक्रीपानी । यसको पछाडि कथा छ । उहिल्यै एक जना झाँक्रीलाई तिर्खा लाग्यो । उसले तन्त्रमन्त्र गरेर डाँडाबाट पानी निकाल्यो र पिएर तृप्त भयो । त्यही बेलादेखि पानी निकालिएको ठाउँलाई झाँक्रीपानी भन्न थालियो ।
झाँक्रीपानी अर्थात् सुन्दर पहाडी गाउँ (२,२८० मिटर) । गाउँबाट धौलागिरि, चुरेन, गुर्जा, मानापाथी, अन्नपूर्ण, नीलगिरी र माछापुच्छ्रे हिमालको लामो लर्कन देखिन्छ । त्यो मिठो दृश्य आँखा नझिम्क्याई हेरिरहूँझैं लाग्छ ।
मङ्गला गाउँपालिका–३, म्याग्दीमा पर्ने झाँक्रीपानीमा ६० घर छन् । गाउँमा मगर, विक, नेपाली, किसान, बाहुन, क्षेत्री, थकाली, नेवार र छन्त्याल समुदायको बसोबास छ ।
झाँक्रीपानीमा ग्रामीण जीवनको स्वाद पाइन्छ । ढुङ्गे घर, हरिया डाँडा, चराको चिरबिर र अर्गानिक परिकार झाँक्रीपानीका विशेषता । गाउँमा कोदो, आलु, मकै, मुला, साग र उवा उत्पादन गरिन्छ ।
झाँक्रीपानी क्षेत्रको थर्पुमा चौबिसे राज्यकालको कोटघर पनि छ । कोटघरभित्र पुराना हतियार खुँडा, तरबार र माटोका गाग्रा छन् । थर्पुकोट वि.सं. १३१२ मा स्थापना भएको मानिन्छ । त्यस्तै गाउँबाट आधा घन्टामा चिनाकोट पुगिन्छ ।
गाउँमा वि.सं. २०७६ सालदेखि होमस्टे शुभारम्भ गरिएको छ । अहिले २२ वटा घरमा पाहुना राखिन्छ । पाहुनाको मागअनुसार नाचगान पनि गरिन्छ ।
मह, घिउ, लोकल कुखुरा, मौसमअनुसारका तकारी झाँक्रीपानीको कोसेली ।

कसरी पुग्ने: काठमाडौं–बेनी २८२ कि.मि., बसमा ९ घन्टा । बेनी–झाँक्रीपानी २४ कि.मि., जीपमा दुई घन्टा । बेनीबाट दुर्दीसम्मका लागि बस छुट्छ । दुर्दीबाट ४५ मिनेट हिँडे झाँक्रीपानी पुगिन्छ । जीप झाँक्रीपानीसम्मै पुग्छ ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ५०० रुपैयाँ ।

Jhakripani
The name of a village is amazing- Jhakripani. There is an interesting story behind it. One of the jhakris (saman) got thirsty, he used sorcery to draw water from the mountain. He drank the water and eased from thirst. The place where water extracted was called Jhakripani from that time on.
Jhakripani a beautiful mountain village at an elevation of 2,280 meters from the sea level. Amazing views of Dhaulagiri, Churen, Gurja, Manapathi, Annapurna, Nilgiri and Machhapuchhre Himalayan ranges are seen from the village. Its scenery are appealing.
There are 60 houses in Jhankripani which falls in Mangala Rural Municipality-3, Myagdi district. The village is inhabited by Magar, Biswakarma, Nepali, Kisan, Bahun, Chhetri, Thakali, Newar and Chhantyal communities.
Jhakripani has a real taste of rural life of Nepal. Stone houses, green hills, bird chirping and organic dishes are main features of the village. The village produces millet, potato, maize, radish, barley and green vegetables.
There is also a fort of chaubise rajya Tharpu of Jhankripani area. Inside the fort there are old weapons, daggers, swords and earthen jars. Tharpukot is believed to have been established in 1256. Similarly, Chinakot can be reached in half an hour from the village. Homestay has been started in the village since 2020. At present it can serves guests in 22 houses. Local dances and songs are also performed on guests’ request.
Honey, ghee, local chicken, seasonal vegetable are Jhakripani’s souvenir.

How to reach : Kathmandu-Beni is 282 km, it takes 9 hours by bus. Beni-Jhakripani, 24 km, takes two hours by jeep. The bus service is available from Beni to Durdi. Jhakripani can be reached by walking for 45 minutes from Durdi. Jeeps are accessible to Jhankripani.

Package:
Nrs 500 for dinner, bed and breakfast.

सम्पर्क:

झाँक्रीपानी सामुदायिक होमस्टे
झाँक्रीपानी, म्याग्दी
दर्पण रोका–९८४९९१५३११
कमल रोका–९८४७४४८७२९

Contact:

Jhankripani Community Homestay
Jhankripani, Myagdi
Daparna Roka-9849915311
Kamal Roka-9847448729

BACK