काउलेपानी
एउटा सुन्दर पहाडी गाउँ हो काउलेपानी । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरबाट मास्तिर पर्दछ यो गाउँ । बेसीसहर नगरपालिका–३ मा पर्ने काउलेपानीमा गुरुङ, नेवार र भुजेलका २५ घर छन् ।
गाउँबाट सूर्योदय, सूर्यास्त र हिमालयको दृश्य देखिन्छ । काउलेपानी क्षेत्रबाट हिमालको लामो लर्कन देखिन्छ, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म ।
त्यस्तै गाउँमा ऐतिहासिक महत्वको गाउँसहर दरबार छ । पाँच सय वर्ष पुरानो दरबार राजा यशोब्रम्ह शाहले बनाएका हुन् । गाउँको सिरानमा अर्को महत्वपूर्ण सम्पदा पुरानोकोट गढी(१,९५० मिटर) छ ।
लमजुङ कालिका, काउलेपानी देवी, जडिबुटी पनि यहाँका आकर्षण हुन् । गाउँ वरपर चरा अवलोकन गर्न सकिन्छ । कालिज र काँडे भ्याकुर घरआँगनमै आइपुग्छन् । काउलेपानीमा ग्रामीण जीवनशैली अध्ययन गर्न सकिन्छ । यहाँ नेपाल भ्रमण वर्ष २०११ जनवरी १ देखि होमस्टे शुभारम्भ गरिएको हो । गुरुङ र नेवारका १४ घरमा होमस्टे गराइन्छ, जहाँ ८४ वेड छन् । गाउँलेहरू आत्मीय वातावरणमा पाहुनाको स्वागत गर्छन् ।
पाहुनालाई मायाको जन्तर लगाइ दिने चलन छ । होमस्टेमा अर्गानिक परिकार पाक्छ । पाहुनाको मागअनुसार साँझ सामुदायिक भवनमा बाह्रमासे घाटु, कौरा र चुट्का नाच देखाइन्छ ।
सुन्तला, मह, टिम्मुर, भटमास, कोदोको पिठो, गुन्द्रुक र मौसमी तरकारी काउलेपानीको कोसेली ।
कसरी पुग्ने: काठमाडौंैं–बेसीसहर १७२ कि.मि., बसमा ४ घण्टा । बेसीसहर–काउलेपानी सडक ८ कि.मि., पदमार्ग ५.५ कि.मि. । बेसीसहरबाट काउलेपानी जाने बस छुट्छन् ।
प्याकेज:
वेलकम, डिनर, बेड र ब्रेकफास्टको ९५० रुपैयाँ ।
Kaulepani
Kaulepani is a beautiful mountain village of Nepal. The village is little above and close to Beshishahar, the district headquarters of Lamjung. There are 25 houses of Gurung, Newar and Bhujel in Kaulepani in Beshisahar Municipality-3.
The village offers stunning sunrise, sunset views and the Himalayas view. One can witness long ridges of the himalayan mountains from Machhapuchhre, Annapurna, Lamjung, Peak 29, Gangapurna, Manaslu to Buddha Himal from Kaulepani area.
Similarly, there is a an old historical palace in the village. The palace is five hundred years old built by King Yashobramha Shah. In addition other important heritage at the top the village is Puranokot fort (1,950 m).
Main attraction of the village and surrounding area are Lamjung Kalika, Kaulepani Devi and herbal plants. Bird watching can be sighted around the village. Pheasant and Spiny Babblar are widely birds found in the area.
Kaulepani is suitable place where rural lifestyle can be studied. Homestay was launched here from January 1, 2011. Accommodation and food is provided in 14 houses of Gurung and Newar communities with 84 beds available. The villagers welcome guests in a friendly atmosphere.
It is a customary to welcome guest with garland of love. Organic dishes are cooked and served in the homestay.
Ghatu, Kaura and Chutka dances are performed in community building in the evening as per the demand of the guests.
Souvenir of orange, honey, timmur, soybean, millet flour, gundruk and seasonal vegetables can be taken back home.
How to reach : Kathmandu-Beshishahar 172 km, 4 hours by bus. Beshisahar-Kaulepani road 8 km, 5.5 km footpath. The bus to Kaulepani is in operation from Beshishahar.
Package:
Nrs 950 for dinner, bed and breakfast.
सम्पर्क:
काउलेपानी सामुदायिक होमस्टे
काउलेपानी, लमजुङ
देवबहादुर गुरुङ–९८४६२१०९६३
जगत गुरुङ–९८४६३१६५१८
Contact:
Kaulepani Community Homestay
Kaulepani, Lamjung
Dev Bahadur Gurung-9846210963
Jagat Gurung-9846316518