Khilung गाउँ

खिलुङ
ठ्याक्कै कचौरा आकारको एउटा गाउँ । भीरकोट नगरपालिका–७, स्याङ्जामा पर्ने खिलुङ(१,६३० मिटर)मा गुरुङ, मगर र क्षेत्री समुदायको बसोबास छ । गुरुङ बाहुल्य गाउँमा ६५ घर धुरी छन् ।
खिलुङले ‘मह गाउँ’को चिनारी बनाएको छ । घरघरमा परम्परागत मुडे र आधुनिक घारमा माहुरी पालन गरिएको छ । हरिया डाँडा, निलो आकाश र गाउँलेको निश्छल मायाले मोहनी लगाउँछ । गाउँभन्दा माथिका डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालसम्म देखिन्छन् ।
गाउँको सिरानमा भीरकोट छ । भीरकोट चौबिसी राज्यको राजधानी । यहाँ कालिका भगवती मन्दिर छ । मन्दिरभित्र ‘वि.सं. १५४४ लोकबहादुर’ लेखिएको घण्ट र ढाल सुरक्षित छन् । मन्दिर नजिकै दरबारका भग्नावशेष पनि छन् ।
भीरकोटको कालिका मन्दिरमा चैतेदसैँ र बडादसैँमा मेला लाग्छ । कोट क्षेत्रबाट आँधीखोला छ्याङ्गै देखिन्छ । गाउँको सङ्ग्रहालयमा गुरुङ जीवनशैली झल्काउने सामग्री राखिएका छन् । प्याराग्लाइडिङका हिसाबले समेत खिलुङ आकर्षक गन्तव्य हो ।
गाउँको सामुदायिक होमस्टे वि.सं. २०७५ सालमा दर्ता भएको हो । अचेल गुरुङका १२ घरमा ३० जना बास बस्न सक्छन् । होमस्टेमा लोकल परिकार पाक्छ । साथै पाहुनाको मागअनुसार साँझमा सालैजो, चुड्का र कौरा नाच नाचिन्छ ।
मह, मौसमी तरकारी, घिउ र गेडागुडी खिलुङका कोसेली ।

कसरी पुग्ने: काठमाडौं–पोखरा २०० कि.मि., बसमा ६ घण्टा अथवा हवाई यात्रा २५ मिनेट । पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै हेलु बजार ४८ कि.मि. । हेलुबाट आँधीखोला तरेर ८ कि.मि.मा खिलुङ । हेलुबाट लोकल गाडी चल्छन् ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको १००० रुपैयाँ ।

Khilung
A village looks exactly like a bowl shape. Gurung, Magar and Chhetri communities lives in Khilung (1,630 m) situated in Bhirkot Municipality-7, Syangja district. With Gurung community majority there are 65 houses in the village.
Khilung is known as ‘Honey Village’. Bees are reared in traditional and modern beehives. The green hills, the blue sky and the pure villagers love are fascinating. Dhaulagiri, Annapurna, Machhapuchhre, Lamjung and Manaslu mountains can be glanced from the hill above the village.
There is a Bhirkot at the village top. Bhirkot was the headquarters of 24 states (baise rajya). There is the Kalika Bhagwati temple. The bell and shield inscribed ‘Lok Bahadur 1544 BS’ are preserved inside the temple. There are also ruins of the palace near the temple.
Fairs are held during Chaite dashain and Bara dashain in the Kalika temple of Bhirkot. Andhikhola can be seen from the Kot area. The village museum has collections reflecting Gurung lifestyle. Khilung is an attractive destination in terms of paragliding.
The community homestay has been registered in 2019. At present, 12 Gurung’s houses can accommodate 30 people. Local organic dishes are prepared in the homestay. Salaijo, Chudka and Kaura dances are performed as per the demand of the guests in the evening.
Souvenirs includes Honey, seasonal vegetables, ghee and nuts.

How to reach :Kathmandu-Pokhara is 200 km, 6 hours by bus or 25 minutes by air. Helu Bazaar is 48 km from Pokhara via Siddhartha Highway. Khilung is at 8 km after crossing Andhikhola from Helu. Local vehicles are available from Helu.

Package:
Nrs 1000 for dinner, bed and breakfast.

सम्पर्क:

खिलुङ सामुदायिक होमस्टे
खिलुङ, स्याङ्जा
दीपक रोकाहा–९८५१०२७४४६
पूर्ण गुरुङ–९८४६७०६६२२

Contact:

Khilung Community Homestay
Khilung, Syangja
Deepak Rokaha-9851027446
Purna Gurung-9846706622

BACK