Kolma गाउँ

कोल्मा
कोल्मा (१,७०० मिटर) रमणीय गाउँ हो । पुतली बजार नगरपालिका–९, स्याङ्जामा रहेको गाउँमा १८० घर धुरी छन् । गुरुङ बाहुल्य गाउँमा दलित, बाहुन, भुजेल, नेवार र मगर समुदायको बसोबास छ ।
सहस्राब्दी पदमार्गमा पर्ने कोल्मा घुम्नलायक छ । हिमालय दर्शन, मिलेनियम गुफा, सामुदायिक वन, जातजातिको संस्कृति, बर्ड वाचिङ, ग्रामीण जीवनशैली, कोल्माकोट आदि यहाँका आकर्षण हुन् । गाउँमा वि.सं १९९० सालमा बनेको गुम्बाका साथै कोटकालिका मन्दिर पनि छन् ।
गाउँबाट धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सौन्दर्य अवलोकन गर्न सकिन्छ । सामुदायिक वनमा चरा मात्र होइन, मृग, कालिज, स्याललगायतका जीवजन्तु डुल्छन् । घरआँगनबाटै सूर्योदयको मनमोहक दृश्य देखिन्छ ।
वैदेशिक रोजगारी र कृषिकर्मका भरमा बाँचेका छन् गाउँले । वि.सं २०७५ सालदेखि यहाँका गुरुङका ५ घरमा होमस्टे सुविधा दिन थालिएको छ, जहाँ एकै पटक २५ जना बस्न सक्छन् । होमस्टेमा लोकल परिकारहरू खुवाइन्छ ।
पाहुनाको चाहानाअनुसार गाउँमा झोरा, घाटु, नौमती बाजा, झ्याउरे र लोकदोहोरीको धुनमा नाचगान गरिन्छ । पाहुनालाई पनि नचाइन्छ । यसरी प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणीधाम बनेको छ कोल्मा ।
मह, घिउ, गुन्द्रुक, भटमास, मस्याङ, कोदोको रक्सी, स्याखु, डोका र नाम्लो कोल्माका कोसेली ।

कसरी पुग्ने : काठमाडौँ–पोखरा २०० कि.मि, बसमा ६ घण्टा, अथवा हवाई यात्रा २५ मिनेट । पोखरा–स्याङ्जा बजार ३५ कि.मि । स्याङ्जा बजारबाट ११ किलोमिटर दक्षिण पूर्वमा पर्दछ कोल्मा गाउँ । स्याङ्जाबाट गाउँसम्मै जिप चल्छन् ।

प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको १३०० रुपैयाँ ।

Kolma
Kolma is a picturesque village situated at an altitude of (1,700 m) from the sea level. There are 180 houses in Putali Bazaar Municipality-9, Syangja. Gurung majority villages are inhabited by Dalit, Bahun, Bhujel, Newar and Magar communities.

Falls in the Millennium trek Kolma is worth visiting. Himalayan view, Millennium Caves, community forests, ethnic culture, bird watching, rural lifestyle, Kolma Kot etc. are the attractions of the village. It also has a monastery built in 1993 BS and a Kot kalika temple.
The beauty of Dhaulagiri, Machhapuchhre and Annapurna Himal can be observed from the village. Deer, coyotes, foxes and other animals including birds freely roam in the community forest.

Beautiful view of sunrise can be observed from the courtyard.
The villagers main livelihood depend on foreign employment and agriculture. Homestay facility has been started in five houses of Gurung since 2019 where 25 people can stay at a time. Local dishes are served at the homestay.

Jhora, Ghatu, Naumati Baja, Jhyaure and Lok Dohori are performed as per guests demand. The guest are encouraged to participate in cultural programs.

Thus, Kolma has become the confluence of nature, culture and proximity.

Honey, Ghee, Gundruk, Soybean, Pulses, Millet wine, Syakhu, Doko and Namlo etc are souvenir of  Kolma.

How to reach: Kathmandu-Pokhara is 200 km takes 6 hours by bus, or 25 minutes by air. Pokhara-Syangja is Bazaar 35 km. Kolma village is located  at distance of 11 kilometers southeast of Syangja Bazaar. Jeeps run from Syangja to the village.

Package:
Nrs. 1300 for dinner, bed, breakfast and lunch.

सम्पर्क:

कोल्मा सामुदायिक होमस्टे
कोल्मा, स्याङ्जा
दिलकुमारी गुरुङ– ९८४६११८५०६
कृष्णबहादुर गुरुङ– ९८४६१३१८४६

Contact:

Kolma Community Homestay
Kolma, Syangja
Dilkumari Gurung- 9846118506
Dilkumari Gurung- 9846118506

BACK