कुँडुले
राइनासकोटको काखमा थपक्क बसेको छ कुँडुले गाउँ (१,३०० मिटर) । राइनासकोट नगरपालिका–९, लमजुङमा गुरुङ, नेवार र दलित समुदायका १०० घर छन् । प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति र शाह वंशको इतिहास खोतल्न राइनास क्षेत्र उपयुक्त छ ।
राइनासकोट (१,६७५ मिटर) चौबिसे राज्यकालका राजा द्रव्य शाहको पालामा बनेको इतिहास छ । कोटमा पुग्न कुँडुलेबाट ४० मिनेट पदयात्रा गर्नुपर्छ । कुँडुलेको सेरोफेरोमा वीर भक्ति थापा पार्क, सामुदायिक वन र लालीगुराँसका जङ्गल छन् ।
प्रकृतिको सुन्दर उपहार कुँडुलेबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लमजुङदेखि लाङटाङ हिमालसम्म देखिन्छन् ।
यो गाउँ ग्रामीण जीवनशैली बुझ्ने पाठशाला बन्दै छ । यहाँ खेतीपाती गरेको, ढिकीजाँतो चलाएको, दुध दुहेको, मोही मथेको, गोरु नारेको दृश्य देखिन्छ । विशेषतः सहरी भेकमा हुर्केका नयाँ पुस्ता यहाँको गाउँले जीवन देख्दा अचम्मित हुन्छन् । उनीहरू धेरै कुरा सिक्छन् ।
गाउँमा पर्यटनको घाम झुल्केको छ । वि.सं २०७५ सालदेखि यहाँका ५ घरमा होमस्टे शुभारम्भ गरिएको छ, जहाँ एकै पटक २० जना बास बस्न सक्छन् । गाउँलेहरू मन खोलेर पाहुनाको सत्कार गर्छन् । उनीहरूलाई मीठो खाना खुवाउँछन् । न्यानो माया बाँड्छन् ।
साँझ पाहुनाको मागअनुसार घाटु, कृष्णचरित्र र स्यार्गा नृत्यमा नाचगान गरिन्छ ।
लोकल रक्सी, घिउ, भटमास, मौसमी तरकारी, अलैंची, लोकल कुखुरा, गुन्द्रुक आदि कुँडुलेका कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–डुम्रे १३३ कि.मि. । डुम्रे–पाउँदी २२ कि.मि. । पाउँदीबाट १२ कि.मि.मा कुँडुले गाउँ ।
प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको १२०० रुपैयाँ ।
Kundule
Kundule village (1,300 m) is located in the lap of Rainaskot. There are 100 houses of Gurung, Newar and Dalit communities in Rainaskot Municipality-9, Lamjung district. The Rainas region is suitable for exploring its natural beauty, Gurung culture and the history of the Shah dynasty.
Rainaskot (1,675 m) has a history of being built during the reign of King Dravya Shah during chaubise rajya. One can reach Kot in 40 minutes from Kundule. There are Bir Bhakti Thapa Park, Community Forest and rhododendron Forest in Kundule’s nearby.
Its natural beauty can be seen from Kundule includes Dhaulagiri, Annapurna, Manaslu, Lamjung to Langtang Himal.
This village is becoming popular as a school for understanding rural lifestyle. The scene of farming, threshing, milking, ploughing are often sighted. The new generation, especially those who grew up in urban areas are amazed seeing the village life. They can learn a lot from the village.
The sun ray of tourism is rising in the village. Homestay has been started in five houses here since 2019 where 20 people can stay at a time. The villagers greet the guests with their open hearts. They are served with delicious food. They shares warm love among the guests.
Ghantu, Krishna Charitra and Syarga dance as performed as per the demand visitors in the evening.
Local liquor, ghee, soybeans, seasonal vegetables, cardamom, local chicken, gundruk can be taken as souvenir.
How to reach: Kathmandu-Dumre is 133 km. Dumre-Paundi is 22 km. Kundule village is 12 km from Paundi.
Package:
Nrs 1,200 for dinner, bed, breakfast and lunch.
सम्पर्क:
कुँडुले सामुदायिक होमस्टे
कुँडुले, लमजुङ
पुर्णबहादुर गुरुङ–९८५६०४५२७५
नन्दबहादुर गुरुङ–९८४३१९७९६०
Contact:
Kundule Community Homestay
Kundule, Lamjung
Purna Bahadur Gurung- 9856045275
Nanda Bahadur Gurung- 9843197960