Lapsibot गाउँ

लप्सीबोट
अमिलो फल लप्सी धेरै फल्ने ठाउँ भएकाले लप्सीबोट नाउँ रहेको एउटा गाउँ । पर्वत जिल्लाको मोदी गाउँपालिका–१ मा पर्ने लप्सीबोट गुरुङ संस्कृति र ग्रामीण जीवनशैलीको अनपुम केन्द्र हो ।
शान्त र शीतल गाउँबाट दुई घन्टा उकालो चढेमा भमरकोट मन्दिर पुगिन्छ । भमरकोटको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । डाँडाबाट झलमल्ल अन्नपूर्ण हिमशृङ्खला पनि देखिन्छ ।
लप्सीबोटमा बसेर भुकदेउराली, जलजला र हम्पाल क्षेत्र घुम्न सकिन्छ । यस क्षेत्रका धाउढुङ्गा र फलाटे पिकनिक स्पट हुन् ।
गाउँमा गुरुङ, कामी र सार्की समुदायका ५३ घर छन् । यहाँ गुरुङ र दलितका १० घरमा होमस्टे सञ्चालित छ जहाँ ५० जना बस्न सक्छन् । वि.सं. २०७१ देखि सामुदायिक होमस्टे सञ्चालन हुँदै आए पनि वि.सं. २०७५ मङ्सिर २३ गते स्थानीय गाउँपालिकामा होमस्टे दर्ता गरिएको हो ।
महिलाको नेतृत्वमा सञ्चालित होमस्टे नमुना बनेको छ । उनीहरू पाहुनालाई लोकल परिकार खुवाउँछन् । गाउँको समाजघरमा ठाडो भाका, सालैजो, घाटुनाच र झ्याउरे गीतमा नाचगान गराउँछन् ।
किवी, भटमास, टिमुर, लसुन, भाँगो, जङ्गली च्याउ, मौसमी फलफुल र मह लप्सीबोटका कोसेली ।

कसरी पुग्ने: काठमाडौं–पोखरा २०० कि.मि., बसमा ६ घन्टा अथवा हवाई यात्रा २५ मिनेट । पोखरा–नयाँपुल ३९ कि.मि., बसमा २ घण्टा । नयाँपुल–लप्सीबोट ९ कि.मि., जिपमा १ घन्टा । नयाँपुलबाट छुट्छन् लप्सीबोट पुग्ने जिप ।

प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ७५० रुपैयाँ ।

Lapsibot
A village is called Lapsibot because it bears ample of Nepali hog plum in the area. It is located in Modi Rural Municipality-1, Parbat district .
It is a quite and peaceful village, unique center of Gurung culture and rural lifestyle.
You can reach Bhamarkot temple in two hours of uphill journey. It is belief that wishes are fulfilled if one visit Bhamarkot. You can have glittering view of Annapurna mountain range from the hill.
You can visit Bhukdeurali, Jaljala and Hampal region from Lapsibot. Dhaudhunga and Falate are picnic spots in the area. There are 53 houses of Gurung, Kami and Sarki communities in the village. Homestay is operated here in 10 houses of Gurungs and Dalits where 50 people can stay overnight.
Although community homestay has been operating in 2015, it has been registered in the Rural Municipality on December 2, 2018. Women-led homestays have become an exemplary. They serve local dishes to the guests. Dances are staged in Thado bhaka, Salaijo, Ghatu nach and Jhyaure songs in community hall.
Kiwi, soybean, pepper, garlic, bhango, wild mushroom, seasonal fruit and honey lapsi can be taken as souvenir .

How to reach :Kathmandu-Pokhara is 200 km takes 6 hours by bus or 25 minutes by air. Pokhara-Nayapul 39 km, 2 hours by bus. Nayapul-Lapsibot 9 km, 1 hour by jeep. Jeep reaches Lapsibot from Nayapul.

Package:
Nrs. 750 for dinner, bed and breakfast.

सम्पर्क:

लप्सीबोट सामुदायिक होमस्टे
लप्सीबोट, पर्वत
विष्णुकमारी गुरुङ–९८६२४३६१३४
उषा गुरुङ–९८२१३२१११००

Contact:

Lapsibot Community Homestay
Lapsibot, Parbat
Bishnukumari Gurung-9862436134
Usha Gurung-98213211100

BACK