Lwang गाउँ

ल्वाङ
हिमाली सौन्दर्य, गुरुङ जीवनशैली, क्यानोनिङ र चियाबारीका कारण ल्वाङ गाउँले सबैलाई मोहित तुल्याउँछ । माछापुच्छ्रे गाउँपालिका–८ कास्कीको यो पहाडी गाउँमा गुरुङ र दलित समुदायका १७० घर छन् ।
गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण साउथ र हिमचुली हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको १३ सय रोपनी जमिनमा चिया खेती गरिएको छ, जुन गाउँमै प्रशोधन गरिन्छ । यहाँ रमाउनका लागि गुम्बा, छार्तेन, शिव मन्दिर, चौबिसे राज्यकालको गढी, घट्टेखोला झरना आदि सम्पदा छन् । झरनामा क्यानोनिङ गराइन्छ । नजिकको जङ्गलमा बर्ड वाचिङ गर्न पाइन्छ ।
गाउँबाट प्याराग्लाइडिङ उडान समेत हुन्छ । मर्दी हिमाल पदयात्राबाट फर्कंदा ल्वाङ गाउँमा एक रात बस्नु बेस हुन्छ । ल्वाङ आफैंमा पनि रमणीय गन्तव्य भएकाले यहाँ दुई रात सजिलै बिताउन सकिन्छ ।
यहाँ वि.सं. २०६६ सालदेखि ल्वाङ सामुदायिक होमस्टे सञ्चालित छ । यस अन्तर्गत १९ घरमा दुई सय जना पाहुना बास बस्न सक्छन् । त्यस्तै वि.सं. २०७६ देखि गाउँमा समावेशी सामुदायिक होमस्टे पनि शुभारम्भ भएको छ, जहाँका १० घरमा ६० जना बास बस्न सक्छन् । होमस्टेका भान्छामा अर्गानिक परिकार पाक्छ । रोटी, ढिँडो, लोकल कुखुराको मासु, भात, गुन्द्रुक र सिजनअनुसारका तरकारी पाइन्छ ।
अतिथि सत्कारका लागि ल्वाङ गाउँ कहलिएको छ । पाहुनाको मागअनुसार साँझ नाचगान गरिन्छ ।
चिया, अलैँची, लोकल रक्सी, लोकल कुखुरा, च्याउ र मौसमी तरकारी ल्वाङका कासेली ।

कसरी पुग्ने: काठमाडौँ–पोखरा २०० कि.मि., बसमा ६ घण्टा अथवा हवाई यात्रा २५ मिनेट । पोखरा–ल्वाङ २२ कि.मि. । पोखराको हरिचोकबाट चल्छन् ल्वाङ पुग्ने जिप ।

प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको ११७० रुपैयाँ ।

Lwang

Mountain beauty, Gurung lifestyle, canyoning and tea garden spellbound everyone in Lwang village. There are 170 houses of Gurung and Dalit communities in this hilly village of Machhapuchhre Rural Municipality-8 of Kaski district.

The village offers marvelous views of Machhapuchhre, Annapurna South and Himachuli Himal. Tea is cultivated in 1300 ropanis of land which is processed in the village itself. Gumba, Chhorten, Shiva temple, fortress of the chubisya rajya , Ghattekhola waterfall etc. are the places to enjoy here.

Canyoning is offered in the waterfall, bird watching can be done in the nearby forest.
Paragliding flights are operated from the village. It is better to stay one night in Lwang village while returning from Mardi Himal trek. Lwang is a pleasant destination in itself where you can easily spend two nights.

Lwang Community Homestay has been operating since 2011. There are 19 houses that can accommodate more than 200 guests per nights. Similarly an inclusive community homestay has also been started in the village since 2019 where 60 people can stay in 10 houses. Organic dishes are cooked in the homestay alongwith bread, dhindo, local chicken meat, rice, gundruk and seasonal vegetables are served in the homestay.

Lwang village is know for its warm hospitality. Dance is performed in the evening as guests preferences .
Tea, cardamom, local liquor, local chicken, mushrooms and seasonal vegetables are souvenir of Lwang.

How to reach: Kathmandu-Pokhara 200 km. 6 hours by bus or 25 minutes by air. Pokhara-Lwang 22 km. The jeep reaches Lwang from Harichowk in Pokhara.

Package:
Nrs. 1170 for dinner, bed, breakfast and lunch.

सम्पर्क:

ल्वाङ सामुदायिक होमस्टे
ल्वाङ, कास्की
इन्द्र गुरुङ– ९८१३४४७८९२
बोनी गुरुङ– ९८६६०४७०५०

Contact:

Lwang Community Homestay
Lwang, Kaski
Indra Gurung- 9813447892
Bonnie Gurung- 9866047050

BACK