Odar गाउँ

ओडार
अन्नपूर्ण सर्किट पदयात्रामा पर्ने मनाङ जिल्लाको नासोँ गाउँपालिका–४ मा पर्दछ ओडार गाउँ (२,००० मिटर) । सुन्दर अनि शान्त गाउँ । यहाँ गुरुङ समुदायका ३० घर छन् ।
ग्रामीण जीवनशैली, गुरुङ संस्कृति, रक क्लाइम्बिङ, नमरुच्यो भ्यु पोइन्ट, थुमखर्क, हनी हन्टिङ, गणेश मन्दिर, शिव मन्दिर, गुम्बा, चैत्य आदि यहाँका प्रमुख आकर्षण हुन् । गाउँबाट ५ घण्टा पदयात्रामा पुगिने थुमखर्कबाट मनास्लु, अन्नपूर्ण र लमजुङ हिमालको चित्ताकर्षक दृश्य देखिन्छ ।
त्यसैगरी करिब १ घण्टा पदयात्रामा पुगिने नमरुच्यो भ्यु पोइन्टबाट पनि मनमोहक दृश्य देखिन्छ । यहाँका गाउँलेहरू मकै, गहुँ, करु, आलु, सिमी र सागसब्जी उत्पादन गर्छन् । साथै भेडाच्याङ्ग्रा र गाईबस्तु पाल्छन् ।
लालीगुराँस र चराका लागि समेत ओडार गाउँ प्रख्यात छ । यस क्षेत्रमा १०७ भन्दा बढी प्रजातिका चरा पाइन्छन् ।
मनाङकै पहिलो सामुदायिक होमस्टेका रुपमा वि.सं. २०७० जेठदेखि यहाँ होमस्टे सञ्चालन गरिएको हो । यहाँका १५ घरमा ५० जना बास बस्न सक्छन् । दालभात, ढिँडो, सिस्नु र फर्सीको सुप यहाँका विशेषता । साँझ सामुदायिक भवनमा आमा समूह र युवा समूहले लोकनृत्य देखाउँछन् भने बाबा समूहले कृष्णचरित्र ।
आलु, फापर, स्याउ, फापर र करुको पिठो, स्याउको रक्सी, गुच्ची च्याउ आदि ओडारका कोसेली ।

कसरी पुग्ने: काठमाडौँ–बेंसीसहर १७२ कि.मि., बसमा ५ घन्टा । अथवा काठमाडौँ–पोखरा २५ मिनेट हवाई यात्रा । पोखरा–बेसीसहर ११० कि.मि. । बेसीसहर–बगरछाप ४३ कि.मि. । धारापानी–ओडार १५ मिनेट पदयात्रा ।

प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको १००० रुपैयाँ ।

Odar

Odar village (2,000 meters) is located in Naso Rural Municipality-4 of Manang district on the Annapurna Circuit trek. There are 30 houses of Gurung community. It is a beautiful and quiet village.

The main attractions of the village are rural lifestyles, Gurung culture , rock climbing , Namruchyo view point, Thumkharka, honey hunting, Ganesh temple, Shiva temple, Gumba, Chaitya etc.

An hour trek from the village reaches Namruchyo view point from where fascinating view can be witnessed.
The villager grows maize, wheat, potatos, beans and green vegetables. They raised sheeps, goats and cattles.

The village is popular for rhododendron and birds where over 107 birds species are found.
Established as the It is first community homestay in Manang district established in 2013. Nearly 50 guests can be accommodated in 15 houses. Rice , Dhido , nettle and pumpkin soup are main course of meal. In the evening women and youth group demonstrate folkdances and men performs Krishna charitra.

How to reach: Kathmandu-Bensisahar 172 km, 5 hours by bus. Or Kathmandu-Pokhara 25 minute flight. Pokhara-Veshishahar 110 km. . Bensisahar-Bagarchhap 43 km.  Dharapani-Odar 15 minute walk.

Package:
Nrs 1000 for dinner, bed, breakfast and lunch.

सम्पर्क:

ओडार सामुदायिक होमस्टे
ओडार, मनाङ
बेलकाशी गुरुङ– ९८४६७३४४६८
सोनारस्यो गुरुङ– ९८६०७९८४०८

Contact:

Odar Community Homestay
Odar, Manang
Belkashi Gurung- 9846734468
Sonarasyo Gurung- 9860798408

BACK