पिप्रहर
जातजातिको सुन्दर फूलबारी हो पिप्रहर । देवचुली नगरपालिका–१७, नवलपुरमा करिब ४०० घर छन् । थारु, ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, ठकुरी, बोटे र दलित समुदायका । यहाँका आदिवासी थारु हुन् ।
नारायणी नदीको किनारमा रहेको पिप्रहर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । वाइल्ड लाइफ र संस्कृति अध्ययन केन्द्रका रुपमा यो गाउँ चम्किएको छ ।
यहाँको दिव्यपुरी सामुदायिक वनमा जिप सफारी र जङ्गल वाक गरिन्छ भने सिसवार सामुदायिक वनमा बर्ड वाचिङ । नारायणीमा जलविहार गर्दा किनारमा गोही, गैँडा, मृगलगायतका जनावर देखिन्छन् ।
प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, स्थानीय परिकार र पारिवारिक वातावरण भएकाले पिप्रहर लोकप्रिय बनेको हो ।
यहाँ खाना र बासका लागि होटल तथा होमस्टे सुविधा छ । एक दर्जन होटल छन् भने २२ घरमा होमस्टे सुविधा छ । विसं २०७२ फागुन १९ गतेदेखि सञ्चालित होमस्टेमा ८८ बेड छ । थारु, मगर, ठकुरी र गुरुङका घरमा पाहुना राखिन्छन् । पाहुनालाई थारु परिकार चिँचर, राजा रोटी, हाँसको छोयला, घोंगीसहित पहाडे परिकार कोदोको सेल रोटी पनि खुवाइन्छ ।
पाहुनाको मागअनुसार साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ । यसमा लाठी, म्युजिक, घैला, डम्फु, झुमरा र कौरा नाच हुन्छ । पाहुनालाई पनि नचाइन्छ । पिप्रहरमा बसेर सेरोफेरोका देवचुली र शास्वतधाम पनि घुम्न सकिन्छ ।
अनदीको चामल, मास, मुसरा, मौरी र मौसमी तरकारी पिप्रहरको कोसेली ।
कसरी पुग्ने: काठमाडैँं–नारायणगढ १३८ कि.मि., बसमा ४ घन्टा । अथवा, काठमाडौं–भरतपुर १८ मिनेट हवाई यात्रा । नारायणगढबाट वुटवल मार्गको फारामचोकसम्म १९ कि.मि. । फारामचोकबाट पश्चिम २.५ कि.मि.मा पिप्रहर गाउँ ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्ट ९०० रुपैयाँ ।
Piprahar
Piprahar is a beautiful garden of different castes and ethnicities. There are about 400 houses in Devachuli Municipality-17, Nawalpur. Tharu, Brahmin, Chhetri, Magar, Gurung, Thakuri, Bote and Dalit communities lives in Pripahar. Tharu are indigenous tribes of the region.
Piprahar lies on the bank of the Narayani River in the Buffer zone of Chitwan National Park. The village is popular as a center for the study of wildlife and culture.
Jeep safari and jungle walk are organized in Divyapuri community forest and bird watching in Siswar community forest. Crocodiles, rhinos, deer and other animals can be spotted on the shores of Narayani river.
Piprahar has become popular due to its natural beauty, traditional culture, local cuisine and family atmosphere.
There are hotel and homestay facilities for food and accommodation. There are a dozen hotels and 22 houses have homestay facilities. The homestay has been operating since March 2, 2016 and has 88 beds. Guests are accommodated in Tharu, Magar, Thakuri and Gurung houses.
Guests are served with Tharu food items like Chinchar, Raja Roti, Duck Choyala, Ghongi and millet Sel roti etc. Cultural programs are shown in the evening as per guests’ demand. It consists of lathi, music, ghaila, damphu, jhumra and kaura dance The guests are welcome to participates in the dance.
Devachuli and Shaswat Dham and surrounding can also be visited while in Piprahar.
Anadi’s rice, pulses, lentils, bees and seasonal vegetables are souvenir of Piprahar.
How to reach :Kathmandu-Narayangarh 138 km, 4 hours by bus. Or Kathmandu-Bharatpur 18 minute by flight. 19 km from Narayangarh to Pharamchowk towards Butwal Highway. Piprahar village is 2.5 km west of Pharamchowk.
Package:
Nrs. 900 for dinner, bed and breakfast.
सम्पर्क:
पिप्रहर सामुदायिक होमस्टे
पिप्रहर, नवलपुर
झनकबहादुर महतो–९८४८७२८३४०
सोमनाथ महतो–९८४७२५३५६२
Contact:
Piprahar Community Homestay
Piprahar, Nawalpur
Jhanak Bahadur Mahato-9848728340
Somnath Mahato-9847253562