राइनासकोट
लमजुङ जिल्लाको राइनासकोटमा एकनासका डेढ दर्जन घर छन् । गाउँको शिरानमा ऐतिहासिक कोट छ । राइनास नगरपालिका–९ मा पर्ने कोट (१,६७५ मिटर) चौबिसे राज्यकालका राजा द्रव्य शाहको पालामा बनेको इतिहास छ ।
कोट क्षेत्रमा काली र शिवका मन्दिर छन् । यसको पूर्वमा राहुृलकोट, पश्चिममा द्वारेगौंडा र दक्षिणमा मानेडाँडा छन् । गाउँमुन्तिर वीर भक्ति थापासँग जोडिएका सम्पदा छन् ।
कोटबाट हिमालको लामो लर्कन पनि देखिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु, लमजुङदेखि लाङटाङ हिमालसम्म देखिन्छन् । कोटको काखमा गुरुङ समुदायको बस्ती छ । त्यसैले राइनासकोट इतिहास, प्रकृति र संस्कृतिको सङ्गम मानिन्छ ।
ग्रामीण जीवनशैली बुझ्न राइनास उपयुक्त छ, जहाँ खेतीपाती गरेको, ढिकी–जाँतो चलाएको, दुध दुहेको, मोही मथेको आदि दृश्य देखिन्छ ।
गाउँलेले वि.सं. २०७४ मङ्सिर २२ देखि सामुदायिक होमस्टे सुरु गरेका छन् ।
अचेल गाउँका १४ घरमा एकै रात ९० जना बास बस्न सक्छन् । होमस्टे व्यवस्थापन समितिले पाहुनालाई बाँडेर घरघरमा राख्छ । होमस्टेमा लोकल परिकार खुवाइन्छ । पाहुनाको चाहनाअनुसार गाउँलेले घाटु, सोरठी र सेर्गा नाच देखाउँछन् ।
गाउँबाट फर्कंदा गेडागुडी र मौसमी तकारी कोसेलीस्वरुप ल्याउन सकिन्छ ।
कसरी पुग्ने: काठमाडौं–डुम्रे १३३ कि.मि. । डुम्रे–पाउँदी २२ कि.मि. । पाउँदीबाट उत्तरपूर्व १४ कि.मि.मा राइनासकोट । बेसीसहर र डुम्रेबाट पाउँदी हुँदै राइनासकोट भएर प्यारजुङसम्म बस चल्छन् । पाउँदी–राइनासकोट बसमा १.५ घन्टा ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ९०० रुपैयाँ ।
Rainaskot
There are one and half dozen of houses built in similar model at Rainaskot of Lamjung district. The village has a historic Kot (fort). The fort is at an elevation of (1,675 m) in Rainas Municipality-9. It has centuries-old history built during the reign of chaubise King Dravya Shah.
There are temples of Kali and Shiva nearby fort. It is bordered by Rahulkot to the east, Dwaregauda to the west and Manedanda to the south. Similarly, there are heritages linked with Bir Bhakti Thapa beneath the village.
Long stretches of Dhaulagiri, Annpurna, Manaslu, Lamujung and Langtang Himalaya can be sighted from the fort. There is Gurung village on the lap of the fort.
Rainas is suitable place to understand the rural lifestyle where farming, threshing, milking, fishing etc can be spotted. The villagers have started community homestay from December 8, 2017. There are 14 houses in the village that can accommodate 90 people overnight. The Homestay Management Committee distributes guests and lodge them at different homes. Local dishes are served at the homestay.
The villagers performs Ghatu, Sorathi and Serga dances as per wishes of the guests.
On the way back home, Pulses and seasonal vegetable can be brought as Souvenirs.
How to reach : Kathmandu-Dumre is 133 Km. Dumre-Paudi, 22 Km. Paudi- Rainaskot, 14 Km towards Northeast. There are regular bus services from Beshisahar and Dumre via Paudi as far as Pyarjung.
Package:
Nrs 900 for dinner, bed and breakfast.
सम्पर्क:
पर्यटन व्यवस्थापन समिति
राइनासकोट, लमजुङ
खड्ग गुरुङ– ९८५६०४५१७७
विष्णु गुरुङ–९८४६१२९१९२
Contact:
Tourism Management Committee
Rainaskot, Lamjung
Khadga Gurung- 9856045177
Bishnu Gurung- 9846129192