स्याङ
मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बजार नजिकै छ स्याङ (२,७५० मिटर) । घरपझोङ गाउँपालिका–३ मा पर्ने गाउँमा थकाली, दलित, मगर र क्षेत्री समुदायका १६५ घर छन् । थकाली बाहुल्य यस गाउँ प्रकृति, संस्कृति र मिठो खानाको सङ्गम बनेको छ ।
बेनी–जोमसोम सडक मास्तिर गुजमुज्ज घर छन् । गाउँमा प्राचीन गुम्बा, ध्यान गुफा, पार्कलगायत सम्पदा छन् । यहाँबाट स्याउ बगान, नीलगिरि हिमाल, ढुम्बा ताल र कालीगण्डकी नदीको दर्शन पाइन्छ । गाउँमुन्तिर कालीगण्डकीको झोलुङ्गे पुल तरेर ढुम्बा ताल पुग्न सकिन्छ । त्यस्तै गाउँबाट ४ घण्टा दूरीमा विशाल गुफा छ, जहाँ डोरीको सहायताले मात्र छिर्न मिल्छ ।
बेनीबाट सडक मार्ग भएर जाँदा जोमसोम पुग्नुभन्दा ३ किलोमिटर वरै आउँछ स्याङ गाउँ । त्यसैले मुक्तिनाथ वा लोमन्थाङ यात्रामा निस्केका स्वदेशी या विदेशीले यहाँ बास बस्दा सजिलो हुन्छ । गाउँमा विशेषतः थकाली संस्कृतिको अध्ययन गर्न पाइन्छ ।
स्याङमा वि.सं. २०७६ सालबाट सामुदायिक होमस्टे शुभारम्भ गरिएको छ । अचेल थकालीका ५ घरमा पाहुना राखिन्छ । एकै पटक ३० जना बस्न सक्छन् । होमस्टेमा आत्मीय वातावरण पाइन्छ ।
साँझ पर्यटकको मागअनुसार लोकसंस्कृति देखाइन्छ । पाहुनालाई पनि नचाइन्छ ।
स्याउ, ब्रान्डी, फापरको पिठो, सातु, गेडागुडी, ओखर, खुर्पानी र डालेचुक स्याङका कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–बेनी २८२ कि.मि., बसमा ९ घण्टा । बेनी–स्याङ ७१. कि.मि. । अथवा, पोखरा–जोमसोम १६ मिनेट हवाई याक्रा । जोमसोम–स्याङ–३ कि.मि. । स्याङ–मुत्तिनाथ २५ कि.मि.।
प्याकेज:
डिनर, बेड, ब्रेकफास्ट र लन्चको १००० रुपैयाँ ।
Syang
Sang (2,750 m) is close to Jomsom Bazaar, the district headquarters of Mustang. There are 165 houses of Thakali, Dalit, Magar and Chhetri communities in the village in Gharpajhong Municipality-3. This village is a confluence of nature, culture and delicious food.
There are closely-packed houses along the Beni-Jomsom road. The village has ancient monasteries, meditation caves, parks and other heritages. Here you can observe apple orchards, Nilgiri Himal, Dhumba Lake and Kaligandaki river. Dhumba Lake can be reached by crossing the suspension bridge of Kalgandaki below the village. Similarly, there is a huge cave at at distance four hours away from the village which can be reached only with ropes assistance.
Syang village is 3 km ahead of Jomsom along Beni road. Therefore, it is recommended to stay at this village for locals or foreigners who have set out on a journey to Muktinath or Lo-Manthang. The village is ideal place to study Thakali culture.
Community Homestay has been launched since 2019 at Syang village. At present, guests are kept in 5 Thankali houses. It can accommodate up to 30 people at a time. Homestay has a friendly atmosphere.
In the evening, folk culture is shown according to the tourists demand. The guests are also ecourage to participate in cultural programs.
Apple, brandy, buckwheat flour, satu, beans, walnut, Apricot and Sea buckthorns are souvenir of Syang village.
How to reach: Kathmandu-Beni is 282 km, 9 hours by bus. Beni-Sang is 71. Km . Or, Pokhara-Jomsom 16 minute flight. Jomsom-Sang-3 km. Syang-Muktinath 25 km.
Package:
Nrs. 1000 for dinner, bed, breakfast and lunch.
सम्पर्क:
स्याङ फोला सामुदायिक होमस्टे
स्याङ, मुस्ताङ
असिता थकाली– ९८६७७६९७९१
अनिशा थकाली– ९८६७६८७३६६
Contact:
Syang Fola Community Homestay
Syang, Mustang
Asita Thakali- 9867769791
Anisha Thakali- 9867687366