ताकमकोट
आध्यात्मिक भूमि ताकमकोट । धौलागिरि गाउँपालिका–७, म्याग्दीमा अवस्थित कोट (२,५०० मिटर)मा जगन्नाथ र अन्नपूर्णको मन्दिर छ । मन्दिरसँगै प्राचीन हतियारहरू ढाल, तरबार, तोप, छेलो र ओदान राखिएको छ ।
मन्दिरमा बडादसैँ र शनिबार तथा मङ्गलबार भिड लाग्छ । मन्दिर हाताबाट हिमाल, चारैतिरका गाउँ र नागबेली पहाड देखिन्छ । डाँडाबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथीलगायत हिमालको दर्शन पाइन्छ ।
ताकमकोट ऐतिहासिक थलो हो । इतिहासअनुसार वि.सं. १२४६ देखि १५४५ सम्म कोटमा बसेर आत्रेय गोत्रीय बगाले थापाले राज्य चलाएका थिए । पछि वि.सं. १८४२ सम्म समालवंशी मल्लले शासन गरे । वि.सं. १८४३ असोज १४ गते पृथ्वीनारायण शाहको फौजले ताकममाथि विजयी भएको थियो ।
कोटमुन्तिर ताकम गाउँमा ३३५ धुरी छन् । यहाँ मगर, छन्त्याल, क्षेत्री, बाहुन, गुरुङ, थकाली, गिरी, दमाई, कामी र सार्कीको बसोबास छ ।
ताकम विभिन्न पदमार्गको प्रवेशद्वार पनि हो । यहाँबाट ढोरपाटन शिकार आरक्ष, धौलागिरि राउन्ड पदमार्ग, गुर्जा र गुरिल्ला पदमार्गमा यात्रा गरिन्छ । ताकममा आधा दर्जन होटल र ५ घरमा होमस्टे सुविधा छ ।
विसं २०७६ जेठदेखि होमस्टे सुरु गरिएको हो । क्षेत्री र बाहुनका घरमा ४० जना अटाउँछन् । गाउँमा रामलीला देखाइन्छ ।
भट्मास, गुन्द्रुक, घिउ, भिर मौरीको मह, मौसमी तरकारी ताकमका कोसेली ।
कसरी पुग्ने: काठमाडौँ–पोखरा–बेनी २८२ कि.मि., बसमा ९ घन्टा । बेनीबाट पश्चिम ३२ कि.मि.मा ताकम गाउँ । गाउँबाट ३ कि.मि.मा ताकमकोट । बेनी बजारबाट मुना गाउँका लागि बस छुट्छन्, बसमा ४ घन्टा । ताकममा बसबाट ओर्लेर करिब १ घन्टा हिँडे कोटमा पुगिन्छ ।
प्याकेज:
डिनर, बेड र ब्रेकफास्टको ६०० रुपैयाँ ।
Takamkot
Takamkot is a spiritual land. There is a temple of Jagannath and Annapurna Temple at fort (2,500 m) in Dhaulagiri Rural Municpality-7, Myagdi district. The temple is stored with ancient weapons such as shields, swords, cannons, etc.
The temple is crowded with worshipers during Dashain, Saturday and Tuesday. Mountains, surrounding villages and serpentine hills can be seen from the temple’s grounds. One can observes Gurja, Churen, Dhaulagiri, Manapathi and other mountains from the hill.
Takamkot is a historical place. According to chronicle, Thapa clans has ruled the kingdom from 1190 AD to 1489 AD. In the later years, Samalbangshi Malla ruled until 1786 AD. In 1787 AD Prithvinarayan Shah’s army was victorious over Takam.
There are 335 household in Takam village beneath the fort. Magar, Chhantyal, Kshatriya, Bahun, Gurung, Thakali, Giri, Damai, Karmi and Sarki communities lives in the village.
Takam is also the gateway to various trekking trails. The trail leads to Dhorpatan Hunting Reserve, Dhaulagiri Round trek, Gurja and Guerrilla trekking trails.
There are half a dozen hotels and 5 homestay facilities in Takam. Homestay was started from 2020. Chhetri and Brahmin houses can accommodate 40 people per day. Ramlila is seen in the village.
Soybean, Gundruk, Ghee, wild honey, seasonal vegetable are souvenirs from Takam.
How to reach :Kathmandu-Pokhara-Beni 282 km, takes 9 hours by bus. Takam village is 32 km west of Beni town. Takamkot is 3 km from the village. Buses service from Beni Bazaar for Muna village takes 4 hours by bus. An hour walk reaches kot from Takam.
Package:
Nrs. 600 for dinner, bed and breakfast.
सम्पर्क:
ताकम सामुदायिक होमस्टे
ताकम, म्याग्दी
कृष्ण भण्डारी–९८६४३७२८४०
नेत्र सुवेदी–९८६७६८२४५३
Contact:
Takam Community Homestay
Takam, Myagdi
Krishna Bhandari-9864372840
Netra Subedi-9867682453